पर्यटनको सेतु पाटेबाघ

पर्यटनको सेतु पाटेबाघ
सुन्नुहोस्

गुलरिया : बर्दिया राष्ट्रिय निकुञ्जमा विश्वकै लोपोन्मुख वन्यजन्तु पाटेबाघ हेर्नका लागि जाने स्वदेशी तथा विदेशी पर्यटकको संख्या बढ्दै गएको छ। 

संख्या वृद्धिसँगै पाटेबाघ पर्यटनको सेतु बनेको छ। पर्यटन व्यवसाय गर्ने होटल व्यवसायी, पर्यटक घुमाउने एजेन्सीहरू भनौं वा प्रकृति पथ प्रर्दशकहरू अचेल पाहुनाहरूलाई बाघ देखाएरै व्यवसाय बढाउन प्रयत्नशील छन्। 

बर्दियामा मात्र होइन काठमाडौंका ट्रेकिङ∙ एजेन्सीहरू पनि पछिल्लो समय बाघपर्यटनकै प्रचार प्रसारमा छन्। अक्टुबरमा बाघ हेर्नकै लागि विदेशी पाहुनाहरूले होटलहरूको बुकिङ सुरु गरिसकेको टाइगर ट्रयाक नेपाल बर्दियाका सञ्चालक हेमन्त आचार्यले बताए। दर्जनौ पाहुनाहरूले होटल बुक गरिसकेका छन् यो क्रम बढ्दो छ। उनका अनुसार कोरोना महामारीपछि धेरै कुरा सहज भएकाले पनि पर्यटकहरू आउन थालेका हुन्।

    
बर्दिया निकुञ्ज भित्र धेरै झाडी छैन। धेरै टाढासम्म खुला आँखाले देखिन्छ। पानी पोखरी, घाँसे मैदान लगायत राजमार्गमा पनि सजिलै बाघ देख्न पाइन्छ। आचार्यले थपे 'अन्यत्र गन्तव्यहरूमा बाघ नदेखेका पर्यटकहरूले पनि बर्दियामा बाघ देख्छन्। विदेशी पर्यटकहरूले भारतमा भन्दा जैविक विविधता अवलोकन गर्न नेपाल मन पराउने गरेका छन्।' पछिल्लो समय पर्यटन व्यवसायीहरूले बाघकै नाम जोडेर प्रचार गर्छन्। बाघका नाममा धेरै पर्यटकहरू भित्रिने गरेका छन्।

बर्दियामा विगतका वर्षभन्दा पर्यटकको संख्या उल्लेख्य मात्रामा बृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारी बताउँछन्। आर्थिक वर्ष ०७७/७८ मा २१ हजार पर्यटक बर्दिया भित्रिएकोमा ०७८/७९ मा साढे २४ हजार पर्यटकले निकुञ्ज अवलोकन गरे। विशेषगरी स्वदेशी तथा विदेशी पर्यटकहरू आउने क्रम बढेको छ। 

सार्क मुलुकका पर्यटकहरू साविककै बराबरीमा छन्। उनले भने गत आथिक वर्षमा पर्यापर्यटनबाट निकुञ्जले २ करोड भन्दा बढी राजस्व संकलन गरेको छ। पछिल्लो गणना अनुसार नेपालमा ३५५ वटा पाटेबाघ छन्। जसमध्ये चितवनमा १२८, बर्दिया १२५, पर्सा ४१, शुक्ला ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा पाटेबाघ रहेको सरकारी तथ्यांक छ।

निकुञ्जमा घाँसे मैदान, बासस्थान व्यवस्थापनसँगै चोरीशिकार नियन्त्रण भएकोले बाघको संख्या बढेको अधिकृत भण्डारीको भनाइ छ। गत वर्ष बर्दियामा उल्लेख्य पर्यटकहरू आए। स्वदेशी र विदेशी दुवै पर्यटक बर्दिया आउँछन्। 

गैंडा क्याम्पका सञ्चालक रामजी थापाले भने सबैभन्दा बढी पर्यटक बाघ हेर्नकै लागि आउँछन्। जंगल सफारी र बाघ हेर्ने अधिकांस पर्यटकको चाहाना हुन्छ। गत वर्ष ९५ प्रतिशतभन्दा बढी पर्यटकले जंगलमा बाघ देखेको पर्यटन व्यवसायी थापाको दाबी छ। निकुञ्जमा बाघ देखेर घर फर्केका पर्यटकले साथीभाइलाई सुनाएपछि थप पर्यटकहरू बर्दिया आउन प्रेरणा बन्ने गरेको पाइन्छ। 

    
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.