हमासको खाता हटाउँदै ट्विटर

हमासको खाता हटाउँदै ट्विटर
सुन्नुहोस्

क्यालिफोर्निया (एएनआई) : इजरायलमा हमासको हालैको आक्रमणपछि सामाजिक सञ्जाल एक्स (ट्विटर) ले हमास सम्बद्ध सयौं खाताहरू हटाएको छ। ‘आतंकवादी संगठनहरूलाई एक्समा कुनै स्थान छैन’ भन्दै उसले खाता बन्द गरेको हो।  

‘एक्स सार्वजनिक कुराकानीको सेवाका लागि प्रतिबद्ध छ, विशेषगरी यस्ता महत्त्वपूर्ण समयमा एक्सको प्लेटफर्ममार्फत प्रसारित हुन सक्ने कुनै पनि अवैध सामग्रीलाई सम्बोधन गर्नुपर्ने महत्त्वलाई एक्सले बुझेको छ’, एक्सका प्रमुख कार्यकारी अधिकृत लिन्डा याकारिनोले भने, ‘आतंकवादी संगठन र हिंसात्मक अतिवादीहरूलाई एक्समा कुनै स्थान छैन र हामी सही समयमा सक्रिय समूहसहितका यस्ता खाताहरू हटाउन जारी राख्छौं।’

युरोपेली युनियन उद्योगका प्रमुख थिएरी ब्रेटोनले एक्सका मालिक एलन मस्कलाई जारी गरेको २४ घण्टे अल्टिमेटमले एक्सलाई ती खाता हटाउने परिस्थिति बनाएको थियो। ब्रेटोनले एक्समा दुष्प्रचारको सामना गर्न र नयाँ ईयू अनलाइन सामग्री नियमहरूको पालना गर्न आग्रह गर्दै मस्कलाई अल्टिमेटम दिएको थियो।  

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.