लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी

लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी
गौर भन्सार परिसरमा कवाड बन्दै गएको सवारी साधनहरू । तस्बिर : फणि महत

रौतहट :  गौर भन्सार कार्यालयले विभिन्न समयमा बरामद गरेका सवारी साधनहरू लिलाम नहुँदा कवाडमा परिणत हुने अवस्थामा पुगेका छन्। आर्थिक वर्षमा बरामद सबै सवारी साधन लिलाम गर्न प्रकिया थालेको गौर भन्सार कार्यालयका प्रमुख बासुदेव नेपालले बताएका छन् ।

गौर भन्सार परिसरमा हजारौं सवारी साधन कवाडमा परिणत हुँदै गएका छन् ।

समयमा नै लिलाम नहुँदा हजारौं मोटरसाइकल ,दर्जनौं चारपाङ्ग्रे गाडीहरू गौर भन्सार परिसरमा कुहिने अवस्थामा पुगेका छन् । गौर भन्सार कार्यालय बाट २०७४ सालदेखि बरामद सवारी साधनहरू लिलाम भएका छैनन् । भन्सार परिसरमा अलपत्र अवस्थामा करिब ३ हजार १ सय मोटरसाइकल र ९६ वटा जिपकार रहेको गौर भन्सार कार्यालयले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले बरामद गरेको सवारी साधन अलपत्र परेका हुन्। वर्षादमा पानीमा भिजेर तथा भन्सार वरिपरि पानी जमेपछि ती सवारी साधन नष्ट भएका छन् । सुरक्षित स्थानमा राख्ने गोदाम नहुँदा घामपानीले सवारी साधन कवाड हुँदै गएको गौर भन्सारका सूचना अधिकारी रेवती रमण रोक्काले जानकारी दिए।

६ वर्षदेखि लिलाम हुन नसकेको सवारी साधनको लिलामी प्रक्रिया अघि बढेको गौर भन्सारका सूचना अधिकारी रोक्काले बताए । आर्थिक वर्ष २०७९ र २०८० मा गौर भन्सार कार्यालयले करिब ३५ करोड ९३ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, भन्सार कार्यालयले २३ करोड ८८ लाख मात्र राजश्व संकलन गरेको छ ।

वि.स. २०८० र ०८१ मा ३४ करोड ८७ लाख राजश्व संकलन गर्ने लक्ष्य लिइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.