बैतडीमा ट्याक्टर दुर्घटना, ३ जना घाइते

बैतडीमा ट्याक्टर दुर्घटना, ३ जना घाइते
सुन्नुहोस्

बैतडी : बैतडीमा ट्याक्टर दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। मेलौली नगरपालिका–१ स्थित मेलौली भगवती मन्दिर नजिकै म १ त ७४० नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ जना घाइते भएका हुन्। 

घाइते हुनेमा ट्याक्टर चालक कैलालीको मुसुरियाका नारायण चौधरीसहित कैलालीको घोडाघोडीका भुवन थापा र बैतडीको दोगडाकेदारका गगनसिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

मन्दिरको गेट निर्माणका लागि निर्माण समाग्री लैजाने क्रममा दुर्घटना भएको बताइएको छ। घाइतेहरुको केशरपुर स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.