ओल्ड दरबार ह्विस्कीको लागि लोक चित्रकारसँग सहकार्य

ओल्ड दरबार ह्विस्कीको लागि लोक चित्रकारसँग सहकार्य
सुन्नुहोस्

काठमाडौं : यती डिष्टिलरी प्रालिले पौभा कलाकार लोक चित्रकारसगँको सहकार्यमा १२ महिना फुल्ने फूललाई जनाउने कलाकृति 'बाह्रमासे फूलहरु' सार्वजनिक गरेको छ।

उक्त कलाकृति लोक चित्रकारले हालसालै ओल्ड दरबार ट्वेल्भ इयर्स ओल्ड ब्लेन्डेड ह्विस्कीका लागि रचना गरेका थिए।

कमला श्रेष्ठको कविता 'कति को दुःख दिन्छौ कृष्ण'बाट प्रेरित उक्त कलाकृतिमा श्रेष्ठको कवितामा नाम उल्लेख भएका २० वटा फूल समेटिएका छन्। ती फूलहरुमा लालीगुराँस, गोदावरी, गुलाफ, चम्पा, चमेली लगायत छन्। ती फूलहरु ओल्ड दरबार ट्वेल्भ इयर्स ओल्ड ब्लेन्डेड स्कच ह्विस्कीको बोटलमा प्रिन्ट गरिएको छ।

परम्परागत पौभा कलाकार लोक चित्रकारले पहिलो चित्रकला १२ वर्षको उमेरमा गरेका थिए। उनको चित्रकला शास्त्रीय ग्रन्थ, परम्परा र ऐतिहासिक वास्तुकलाबाट प्रभावित हुन्छन्। विश्वभर आफ्ना कलाकृतिको प्रदर्शनी गरेका चित्रकारलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०१३ मा राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित गरेको थियो।

चित्रकारसँग यती डिस्टिलरीले साझेदारी गर्न पाउँदा निकै खुशी लागेको कम्पनीका प्रबन्ध निर्देशक अभिशेक श्रेष्ठले बताए।

उक्त सहकार्यले नेवा लोककलाको अभ्यास भावी पुस्ताका लागि थप पहुँचयोग्य बनाउने लोक चित्रकारको जीवनभरको सत्कर्मलाई सहयोग गर्ने अवसर पनि प्रदान गर्नेमा उनी विश्वस्त छन्।

यो सहकार्यबाट हुने आम्दानीले नेवा लोककलाभित्र रहेको अभ्यास र ज्ञानको रचना गर्ने, एकआपसमा आदानप्रदान गर्ने र पुनरुत्थान गर्ने एक वर्ष लामो कार्यक्रमलाई सहयोग गर्ने समेत उनले बताए।

'लोक चित्रकारको प्रतिष्ठा आफैं बोल्छ। र उहाँसँगको साझेदारी कम्पनी र हाम्रो ब्रान्डका लागि विशेष क्षण हो। उहाँको कला र विधिलाई कला समुदायले मात्रै नभएर आम सर्वसाधारणसम्मले मूल्यवान ठान्छन्। नेपालको कला परिदृश्यमा उहाँले जे गर्नुभएको छ, त्यो अद्वितीय छ,' यती डिस्टिलरीका प्रबन्ध निर्देशक अभिशेक श्रेष्ठले भने, 'यो सहकार्यका लागि उहाँले रचना गर्नुभएको कला साँच्चिकै अद्वितीय छ, यसमा हामी कसरी गर्व नगरी बस्न सक्छौं ?'

'मैले ओल्ड दरबारका लागि रचना गरेको कलाकृतिले नेपालमा बाह्रै महिना फूल्ने विभिन्न फूलहरुको प्रतिनिधित्व गर्छ। फूलहरुले मानिसलाई बदलामा केही नमागीकन निःसर्त माया दिन्छन्। तिनीहरुले हामीलाई आनन्द, सुगन्ध, रङ र औषधीय तत्व पनि दिन्छन्। बाह्रमासे फुलहरुले हरेक वर्ष फूलहरुले प्रदान गर्ने अनन्त प्रेम र आनन्दको चित्रण गर्दछन्।',चित्रकार भन्छन्।

कम्पनीले ओल्ड दरबार एक्स लोक चित्रकार लिमिटेड एडिसन (सीमित संस्करण) पनि सार्वजनिक गरेको छ।

कम्पनीले यसको ८ हजार बोटल मात्र सार्वजनिक गरेको हो। लिमिटेड एडिसन बोटलहरू असोज २९ गतेबाट काठमाडौं उपत्यका वरपर अधिकतम खुद्रा मूल्य चार हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

लिमिटेड एडिसन बोटल बाहेकको ओल्ड दरबार ट्वेल्भ इयर्स ओल्ड ब्लेन्डेड स्कच ह्विस्की पनि चार हजार पाँच सय ७५ रूपैयामा उपलब्ध हुने कम्पनीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.