काठमाडौं : त्रिकोणात्मक टी- २० आई सिरिज अन्तर्गत युएईको चौथौ विकेट पतन भएको छ। मूलपानी रंगशालामा भएको खेलमा आठौं ओभरमा नेपालका गुल्सन झाले चौथो विकेट लिएका हुन्।
झाको बलमा युएईका आसिफ खानलाई सन्दिप जोराले क्याच आउट गरेका हुन्।
यस अगाडि झाले युएईका कप्तान मोहम्मद वासिमलाई आउट गरेका हुन्। त्यसैगरी करण केसी र सोमपाल कामीले एक/एक विकेट लिए।
अहिले युएई ८.४ ओभरमा ५२ रन बनाएर खेलिरहेको छ। नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
टीट्वेन्टी विश्वकप छनोटको तयारीका लागि नेपालले हङकङ र यूएई सम्मिलित टीट्वेन्टी शृंखला आयोजना गरेको हो।
प्रतिक्रिया दिनुहोस !