नेप्सले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने
काठमाडौं : नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स)ले साधारणसभा आह्वान गरेको छ। कम्पनीको साधारणसभा कात्तिक २३ गते आरण्य बुटिक होटल, हात्तीसार, काठमाडौंमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ।
सभाका लागि कम्पनीले प्रिमियम मूल्यसहित आईपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेस गर्ने बताएको छ। साथै, गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि रहेको छ।
सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ।