घट्यो ब्रोकर कमिसन, अर्थको सहमति बाँकी
काठमाडौं : सेयर कारोबारमा लाग्ने ब्रोकर कमिसन र नेपाल धितोपत्र बोर्ड शुल्क दुवै घटेको छ। बोर्डले दुवै दस्तुर १०–१० प्रतिशतले घटाउने निर्णय
बोर्डले निर्णय गरी सहमतिका लागि अर्थ मन्त्रालय पठाएको छ। अर्थले सहमति दिएपछि मात्र नयाँ दर लागू हुनेछ। बोर्डले अहिले कायम रहेको ब्रोकर कमिसनका स्ल्याबहरू क्रमशः १० प्रतिशतले घटाएको हो।
बोर्डले ब्रोकरबाट पाउने कमिसन १० प्रतिशतले नै घट्दा प्रतिकारोबार लगानीकर्ताले तिर्ने कमिसन ७ प्रतिशतले घटाएको छ।
हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाख भन्दामाथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख भन्दामाथि १ करोडसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड भन्दामाथि जतिसुकैको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको छ।