हङकङविरुद्ध नेपाललाई पाँचौं सफलता, कुशलले लिए विकेट
काठमाडौं : त्रिकोणात्मक टी- २० आई सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालले हङकङको पाचौं विकेट झारेको छ । मूलपानी रंगशालामा भएको खेलमा नवौं ओभरको दोस्रो बलमा अजाज खानलाई गुमाएको हो । खानले ७ रन बनाए ।
कुशल मल्लको बलमा करण केसीले क्याचआउट गरे । यसअघि करनले ३ विकेट र सोमपाल कामीले १ विकेट लिइसकेका छन् ।
केसीले पहिलो बलमै विकेट लिएका थिए । हङकङले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थियो ।
हङकङले पहिलो विकेटका रुपमा कप्तान निजाकत खानलाई गुमाएको थियो । अर्का ओपनर अंशुमान रथ ७ रन बनाएर आउट भए । बाबर हायातले ५ र मार्टिन कोइट्जीले २ रन बनाएका थिए ।५ ओभरको सामाप्तिसम्म हङकङले ४ विकेट क्षतीमा १५ रन बनाएको छ । नेपालका लागि करणले ३ ओभर बलिङ गर्दै १० रन तथा सोमपालले २ ओभरमा ५ रन खर्चिए ।
यसैबीच १० ओभरको समाप्तिमा हङकङले ५ विकेट क्षतिमा ३९ रन बनाएको छ ।