महोत्तरीको सोनामाइ मन्दिरमा भूतमेला सुरू

महोत्तरीको सोनामाइ मन्दिरमा भूतमेला सुरू
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

औरही (महोत्तरी) : महोत्तरीको औरहीस्थित सोनामाइ मन्दिरमा भुतमेला लागेको छ । दसैंको सष्ठी तिथिदेखि दशमीसम्म भुत प्रेतआत्माले सताएकाहरू मन्दिरमा आउने गर्दछन् ।

भूतमेलामा सहभागी हुन आउने पीडित र दर्शनार्थीको लामो लर्को अहिले मन्दिर परिसरमा लागेको  छ । श्रद्धालुको सुविधालाई ध्यानमा राखि आवास,खानपानको समेत व्यवस्था गरिएको मेला समितिले जनाएको छ । मन्दिर परिसरलाई दुल्हीझैं श्रृंगारिएको छ भने मनोरञ्जनकाा लागि नाच तमासाको समेत बन्दोबस्त गरिएको छ ।

हुन त जादुटुनामुना (तन्त्रसिद्धी) तथा भूतबोक्सीमा विश्वास गर्नेहरुले यस मन्दिरमा दसैंको पहिलोदिन घटस्थापनादेखि नै पूजापाठमा तत्लिन हुन्छन् । तान्त्रिक मान्यताअनुसार,घटस्थापनादेखि महानवमीसम्मको अवधिलाई तन्त्रमन्त्रको साधना अभ्यास र परिक्षण गर्ने महापर्वको रुपमा लिने गरिन्छ।  यसमा विश्वास गर्ने (कारनी) हरूको बर्सेनि सोनामाइ मन्दिरमा ओइरो लाग्ने गर्दछन् ।

कारनी र तिनका आफन्तहरु सोनामाइको प्रभावले तन्त्रमन्त्रको अवसरबाट मुक्ति मिल्ने विश्वासका साथ यहाँ आउने गर्दछ । सोनामाइस्थानको  ८ वर्ग किलोमिटर सीमा क्षेत्रभित्र पाइला टेक्नासाथ कारनीहरु काम्न सुरु गर्ने मन्दिरका पूजारी केदार झाको भनाइ छ।  उक्त मेलामा शरीरको दुःख निवारणका लागि सोनामाइको शरणमा भक्तजनहरु आउने गरको झा बताउँछन् ।

सोनामाइको मूर्ति राखिएकै मन्दिर परिसरमै पूर्वपट्टि राजदेवी काठको मौलो छ, जहाँ अदभूत मेला लाग्ने गर्छ । सोनामाइमा लाग्ने भूतमेला यस क्षेत्रमै प्रख्यात मेलाको रुपमा मानिन्छ ।

मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत नेपालका मकवानपुर, सुनसरी, मोरङ र काठमाडौंदेखि भारतका सीतामढी,मधुवनी र पटना सहरसम्मका हजारौं पीडित महिला र पुरुष आउने गर्छर्न।

सोनामाइ मन्दिरमा भक्तजनहरूले भाकलको रुपमा बोकाको बली दिने गर्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.