माटोको मूर्तिमा आत्मनिर्भर

माटोको मूर्तिमा आत्मनिर्भर
सुन्नुहोस्

गुलरिया : मधुवन नगरपालिका-९ की माया गुरुङ मूर्तिकारबाट किनेको माटोको मूर्ति गाउँमा लैजान गाडीमा चढाउँदै गर्दा खुशीले गद्‌गद् थिइन्। 

स्वास्थ्य स्वयंसेविकाहरूको समाजसेवी आमा समूहमार्फत स्थापना गर्न लागिएको देवीको मूर्ति उनीसँगै आएका सदस्यहरूले जय जयकार गर्दै गन्तव्यमा सहजै पुर्‍याए।

नवरात्रभर निराहार वा नक्तभोजन गर्दै आफूहरूले स्थापित गरेको माटोको मूर्तिमा देवी, गणेश, रिद्धिसिद्धि, लक्ष्मी, कुमार, सरस्वती, दानव लगायतका देवी देउताको आह्वानसहित घटस्थापना गरी पूजा अर्चना गर्ने आमा समूहकी सचिव गुरुङले बताइन्। 

'विजया दशमीका दिन नदी वा जलाशयमा विर्सजन गर्छौं। नवरात्र भर पंडालमा स्थापित देवीको मूर्तिमा पूजा, अर्चना, चण्डीपाठ, आरती, भजनकिर्तन हुन्छ। सनातन धार्मिक आस्था बृद्धिगर्दै पुण्य प्राप्तीका लागि मूर्तिहरू राखी पूजा गरेका हौं। यो हाम्रो मान्यता हो। नयाँ पुस्ताहरूलाई धार्मिक ज्ञानदिँदै सनातन धर्म संस्कृति जोगिने मान्यता छ', उनले भनिन्।  

अचेल बडादसैंका अवसरमा नेपालको तराईका जिल्लाका विभिन्न गाउँ टोलहरूमा माटोको देवीको मूर्ति स्थापना गर्ने प्रचलन बढेको छ। पहिले भारतबाट अत्यधिक मात्रामा आयात गरिने माटोका मूर्तिहरू अचेल जिल्लामै पाइन थालेपछि बर्दिया मूर्तिमा आत्मनिर्भर बनेको छ। 

दसैंका अवसरमा नेपालको तराइका जिल्लाका विभिन्न गाउँ टोलहरूमा माटोको देवीको मूर्ति स्थापना गरी घटस्थापनादेखि विजया दशमीका दिनसम्म विशेष पूजा अर्चना गर्ने प्रचलन रहेको गुलरिया नगरपालिका-७ का वडाध्यक्ष मनोज यादवले बताए। 

मूर्ति निर्माण गर्न मूर्तिकारहरूलाई साढे ३ महिना लाग्ने गर्छ। माटो, पराल, बाँस, तार लगायतका सामग्रीबाट मूर्ति तयार गरिन्छ। परालमा सर्वप्रथम मूर्तिको ढाँचा बनाएर माटो लेपन गरिएको मूर्ति रंगरोगन गरी श्रृगार गरेपछि स्थापनाका लागि तयार हुन्छ। 

मूर्तिकारहरूलाई सजावटको सामग्री स्थानीय बजारहरूमा नपाइने हुँदा समस्या पर्ने गरेको गुलरिया नगरपालिका- ७ का वरिष्ठ मूर्तिकार मुरली गोडिया (पेन्टर) बताउँछन्। आवस्यक सामग्री बजारमा व्यवस्था गरिदिन स्थानीय सरकार समक्ष उनले आग्रह गरे। पछिल्लो समय बर्दियामा मूर्ति राख्ने र बनाउने क्रम बढेको छ। जिल्लामा १५ जना मूर्तिकारहरूले मूर्ति बनाउने गरेको उनले बताए। 

बर्दिया जिल्ला माटोको मूर्तिमा आत्मनिर्भर छ। उनले थपे यस वर्ष जिल्लामा २ सय ६० सेट मूर्ति निर्माण भएका छन्। १ सेटमा देवी, गणेश, लक्ष्मी, कुमार, सरस्वती लगायत दानवको मूर्ति रहन्छ। उनले भने 'प्रति सेटको मुल्य ५ देखि २५ हजार रुपैयाँसम्म पर्ने गर्छ। यस वर्ष बर्दियामा करिव १२ लाख बराबरको मूर्ति बिक्री भएको छ।' बाँके, बर्दिया, कैलाली लगायत भारतको विभिन्न गाउँहरूमा नेपाली माटोको मूर्ति लैजाने गरिन्छ। कसैकसैले भारतबाट पनि मूर्ति ल्याउने हुँदा निर्यातलाई रोक्नुपर्ने उनको माग छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.