प्रथम बर्दिया पालिकास्तरीय क्रिकेटको उपाधी राजापुरले चुम्यो

प्रथम बर्दिया पालिकास्तरीय क्रिकेटको उपाधी राजापुरले चुम्यो
क्रिकेट विजेता राजापुर नगरपालिकाको टीम तस्बिर । तस्बिर : यादव आचार्य
सुन्नुहोस्

गुलरिया : बर्दियाको बारबर्दिया नगरपालिका-६ धामपुरस्थित नगर रंगशालामा आयोजित प्रथम बर्दिया पालिका स्तरिय टी–२० क्रिकेट प्रतिस्पर्धाको उपाधी राजापुर नगरपालिकाले चुमेको छ । गुलरिया नगरपालिकालाई ११२ रनले पराजित गर्दै राजापुरले कप उचालेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको राजापुरले २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रनको लक्ष्य दिएको थियो । गुलरिया नगरपालिकाले १२ दशमलव १ ओभरमा सबै विकेट गुमाउदै ३४ रन जोडेको बारबर्दिया नगर खेलकुद संयोजक विवेक डाँगीले जानकारी दिए ।

वडा दसैंको अवसर पारेर बारबर्दिया नगरपालिकामा असोज २७ गतेदेखि सुरु गरिएको क्रिकेट प्रतिस्पर्धामा बर्दियाका ८ वटै पालिकाहरूले स्पर्धा गरेका हुन् । राजापुरका अजय सहानी म्यान अफ द सिरिज, गुलरियाका समिर आचार्य उत्कृष्ट ब्याट्स म्यान,मधुवनका आकाश खत्री बेष्ट वलर र राजापुरकै शुभाष तिमिल्सिना म्यान अफ द म्याच घोषित भए । आफ्ना खेलाडीलाई हौसला दिन राजापुर नगरपालिकाका नगरप्रमुख खेल मैदानमै आएका थिए । 

विजेता टीमले ७५ हजार,उपविजेता ५१ हजार र विधागत उत्कृष्ट प्रति खेलाडीहरूले १५ सयका दरले पुरस्कार,प्रमाण पत्र,कप तथा मेडल प्राप्त गरेका छन् । नगर खेलकुद विकास समिति बारबर्दियाको आयोजना तथा जिल्ला क्रिकेट संघ बर्दियाको समन्वयमा गरिएको प्रतियोगितामा बर्दियाका ८ वटै पालिकाहरुले प्रतिस्पर्धा गरेका थिए । 

बारबर्दियाका नगरप्रमुखले नगरका क्रिकेट खेलाडी उत्पादन गर्न नगरपालिकाले बर्सेनि प्रतियोगिता आयोजना गर्ने बताए । उनले खेलकुदको विकासका लागि नगरमा यथेष्ठ बजेट विनियोजन गरिएको जानकारी दिँदै  पालिकालाई खेलका माध्यमबाट परिचित गराउन आफूहरू लागिपरेको बताए।

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.