फुटबल क्लबलाई जर्सी र फुटबल वितरण

फुटबल क्लबलाई जर्सी र फुटबल वितरण
सुन्नुहोस्

दोलखा : सोक्ला भ्याली फुटबल क्लबलाई जर्सी र फुटबल वितरण गरिएको छ। बागमती प्रदेशका सांसद ठुला थामीले टिम क्याप्टेन विष्णु थामीलाई फुटबल र जर्सी वितरण गर्दै गरेका हुन्। 

टुरिजम मिडिया नेटवर्कका अध्यक्ष अर्जुन तामाङले फुटबल क्लबका खेलाडीलाई जर्सी सेट र भीमेश्वर नगरपालिकाका ज्ञानु खड्काले फुटबल व्यवस्थापन गरेका थिए। 

प्रदेश सांसद ठुला थामीले सोक्ला भ्यालीको टिमले जिल्ला हुँदै राष्ट्रिय खेलकुद क्षेत्रमा छुट्टै प्रभावसहितको ‘मेडल’ जित्नका लागि शुभकामना दिएका थिए। 

यहाँको ग्रामीण सडक स्तरोन्नति​​​​, सामाजिक विकास र आर्थिक रुपान्तरणका लागि विशेष जोड दिने सांसद थामीको भनाइ थियो।  

नेकपा एमाले बागमती प्रदेश समितिका सदस्य हरिवंश चौलागाईंले डिलढुंगा आसपास, फुलपा नेगल, चक्पा, सोक्ला भ्यालीको बृहतर विकासका लागि स्थानीय निकाय र प्रदेश सरकारले विशेष जोड दिनुपर्ने बताए। 

यहाँको युवाहरूलाई खेलकुदको विकासका लागि जसरी सोक्ला पर्यटन विकास समाजले भूमिका खेलेको छ। यसमा स्थानीय सरकारले विशेष प्याकेज नै बनाएर विद्यार्थी र युवाहरूलाई प्रोत्साहन गर्नु पर्ने उनको सुझाव थियो। सोक्ला भ्याली आफैमा कृषि र पर्यटनको उर्वर भूमि हो। 

पर्यटन विकास समाजका सल्लाकार तथा भीनपा २ का पूर्व वडा सदस्य निरबहादुर तामाङले खेलकुद आफैंमा व्यक्तित्व विकास र राष्ट्रिय गौरवको विषय भएकाले सोक्ला भ्याली फुटबल टिमले खास अर्थ राख्ने बताए। यहाँको समृद्धि र विकासलाई थप सशक्त बनाउनका लागि खेलाडीहरूको समेत भूमिका हुने पूर्व वडा सदस्य तामाङको भनाइ थियो।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.