पाल्पा स्कर्पियो दुर्घटना : मृतक ६ जनाकै पहिचान खुल्यो (अपडेट)

पाल्पा स्कर्पियो दुर्घटना : मृतक ६ जनाकै पहिचान खुल्यो (अपडेट)
सुन्नुहोस्

पाल्पा : पाल्पामा आइतबार स्कर्पियो दुर्घटना हुँदा मृत्यु भएका ६ जनाकै पहिचान खुलेको छ। 

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार नवलपरासी पूर्वको  देवचुली नगरपालिका-१६ रजहरकी ६० वर्षीया पावर्ती लोहनी, ३५ वर्षीया सविना धिताल, ११ वर्षीया सबिस लोहनी, साढे २ वर्षीय बालक इसब लोहनी, ६५ वर्षीया कृष्णबहादुर लोहनी र लमजुङको बेसीसहर नगरपालिका-३ भकुण्डेका ५५ वर्षीया चुना धितालको घटनास्थलमा नै ज्यान गएको हो। 

दुर्घटनामा परी रजहरका ३६ वर्षीय चालक ईश्वर बहादुर लोहनी गम्भीर घाइते भएका छन्। आइतबार साँझ

४ बजे पाल्पाको तानसेन नगरपालिका-१३ बैकुन्ठेभिरस्थित तानसेन रानिमहल पक्कि सडक खण्डमा रानिमहलबाट तानसेन तर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१-०२६ च ७२०९ नम्बरको कार सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको थियो। 

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पाल्पाबाट कार्यालय प्रमुख प्रउ हेरम्ब शर्माको कमाण्डमा १९ जनाको टोली, नेपाली सेना र सशस्त्र प्रहरी बल समेतको संयुक्त टोली खटिई गई घटनास्थलबाट गम्भीर घाइते भएका चालकको उद्धार गरी युनाईटेड मिसन अस्पतालमा पठाइएको छ। 

प्रहरी निरीक्षक सन्तोष चन्दले घटनाबारे अनुसन्धान भइरहेको बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.