मामा घर आएका दुई भारतीय हत्या आरोपमा पक्राउ

मामा घर आएका दुई भारतीय हत्या आरोपमा  पक्राउ
सांकेतिक तस्बिर।

महोत्तरी : महोत्तरी प्रहरीले हत्याको आरोपमा दुईजना भारतीय युवकलाई नियन्त्रणमा लिएको छ । बिहीबार मृत फेला परेको महोत्तरी पिपरा गाँउपालिका ५ हर्दिया टोलका १९ वर्षीय आशिक पासवानको हत्याको आरोपमा दुई भारतीय युवकलाई नियन्त्रणमा लिएको हो ।

भारत बिहार राज्य जिल्ला मधुबनि जयनगर घर भएका १९ वर्षीय दिपक मलिक र  मधुबनी साहारघाट बसबरिया घर भएका १८ वर्षीय अमित मलिकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

उनीहरु दुबैजना पिपरा गाँउपालिका-५ स्थित आफ्नै मामा सुरेश मलिकको घरमा बस्दै आएका थिए। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिइ सोधपुछ तथा अनुसन्धानपछि सो घटनामा संलग्न रहेको खुलासा भएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जनाएको छ ।

युवक पासवानको शव हिजो साँझ स्थानीय जगदिश साहको खाली खेतमा फेला परेको थियो ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.