लागुऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ

लागुऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

सर्लाही : कबिलसी नगरपालिका-९ सलेम्पुरबाट अवैध लागुऔषध गाँजा २ सय ५० किलोग्रामसहित सोही नगरपालिका-१० बस्ने  २४ वर्षीय भाग्यनारायण महतो समेत दुई जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीले ज.१ त ५५५१ नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा ट्याक्टरमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।  

पर्सा, वीरगंज महानगरपालिका-१६ इनर्वागाउँ चोकस्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ५ मिलिग्राम र नियन्त्रित लागुऔषध नाईट्राभेट २ सय ७० ट्याव्लेटसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा चितवन कालिकामाई नगरपालिका-६ बस्ने १९ वर्षीय सुजन तिवारी र सोही नगरपालिका-७ बस्ने १९ वर्षीय शक्ति परियार रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो शाखा वीरगंज र अस्थायी प्रहरी पोष्ट इनर्वागाँउबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । 

यसैगरी पर्सा,पटेर्वा सुगौली गाउँपालिका-५ निचुटा नौगछियाबाट अवैध लागुऔषध गाँजा करिब १० किलोग्रामसहित जगनाथपुर गाउँपालिका-५ सोपुर बस्ने ४५ वर्षीय हिरामान यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र अस्थाई प्रहरी पोष्ट सुपौलीबाट खटिएको प्रहरीले बीआर २२ एई ६७४० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा बोरामा ल्याउँदै गरेको उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।

कैलाली, भजनी नगरपालिका-२ गौनियाबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्रामसहित  सोही नगरपालिका-१ बस्ने २६ वर्षीय तपेन्द्र बोहरा समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले से.७ प १०१६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको   हो । 

यसैगरी कैलाली,टीकापुर नगरपालिका-९ खक्रौलास्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ  ९ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय नरेश रावल समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

कपिलवस्तु, विजयनगर गाउँपालिका-२ पडरियाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४५ मिलिग्राम र १ थान डिजिटल तराजुसहित सोही ठाउँ बस्ने २३ वर्षीय बिजय कुमार गुप्ता तेलीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । तेलीले लागुऔषधको कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.