पेस्तोल देखाएर जनकपुरबाट दिउँसै ८० लाख रुपैयाँ लुटियो

पेस्तोल देखाएर जनकपुरबाट दिउँसै ८० लाख रुपैयाँ लुटियो
फाइल तस्बिर।

जनकपुरधाम : जनकपुरबाट दिउँसै ८० लाख रुपैयाँ लुटिएको छ। जनकपुरधामस्थित हिमालयन बैंकबाट ८० लाख रुपैयाँ लिएर धनुषाधामतर्फ जाँदै गरेको बेलामा जनकपुरधाम उप–महानगरपालिका- १९ थुमौना पोखरीको डिलमा रकम लुटिएको हो।

शुभ बचत तथा ऋण सहकारी संस्था धनुषाधामका कर्मचारी वीरेन्द्र महतोले बैंकबाट झिकेर लगिएको रकम लुटिएको बताइएको छ। दिउँसो १२:४० बजे महतो मोटरसाइकलमा जाँदै गरेको समयमा तीन जनाको समूहमा आएको हतियारधारी समूहले पेस्तोल देखाएर लुटेर लगेको हो। 

घटना बारेमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षकसहितको टोली घटनास्थल पुगेको छ। घटना सम्बन्धमा थप छानविन भइरहेको रकमको यकिन भइनसकेको धनुषाका प्रहरी नायव उपरिक्षक रञ्जन अवाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.