काठमाडौं : आइसिसी टि - २० विश्वकप एसिया फाइनल छनोटमा सिंगापुरले टस जितेको छ। टियु क्रिकेट मैदानमा सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्। नेपालले टस हारेपछि फिल्डिङको निम्तो पाएको हो।
खेलमा नेपालको कप्तानी रोहित पौडेल र सिंगापुरको अरित्र दत्तले गरेका छन्। नेपालले त्रिकोणात्मक टि -२० आई सिरिजको फाइनलबाट टोलीमा एक परिवर्तन गरेको छ। स्पिनर सन्दीप लामिछाने टोलीमा फर्किएपछि ललित राजवंशी बेञ्चमा बसेका छन्।
नेपालको प्लेइङ ११ मा आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा रहेका छन्।
सिंगापुरको टोलीमा अरित्र दत्त (कप्तान), रोहन रंगराजन, सुरेन्द्र चन्द्रमोहन, अनिश पराम, मनप्रीत सिंह, जनक प्रकाश, अक्ष रुपक पुरी, थिलिप ओमामदुराई थिलाप्पन, रमेश कलिमुथु, अनान्था कृष्णा, उत्सव रक्षित, आर्यन रसेल मेनन, अमार्त्य कौल, अर्याविर चौधरी, हर्ष भारद्धाज रहेका छन्।
प्रतिक्रिया दिनुहोस !