दोस्रो बलमै नेपाललाई सफलता, करण केसीले लिए विकेट
काठमाडौं : सिंगापुरविरुद्धको खेलमा नेपालले पहिलो सफलता हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ९ बजे सुरु भएको आइसिसी टि - २० विश्वकप एसिया फाइनल छनोट खेलमा दोस्रो बलमै करण केसीले पहिलो विकेट लिएका हुन्।
तीव्र गतिका बलर करण केसीले सिंगापुरका कप्तान अरित्र दत्तलाई बोल्ड आउट गरेका हुन्। दोस्रो बलसम्म सिंगापुरले कुनै रन बनाउन सकेको थिएन। अहिले सिंगापुरले पहिलो ओभरमा ११ रन बनाएर खेलिरहेको छ।
सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्। नेपालले टस हारेपछि फिल्डिङको निम्तो पाएको हो।
प्रतिक्रिया दिनुहोस !