सिंगापुरले गुमायो छैटौं विकेट
काठमाडौं : सिंगापुरले छैटौं विकेट गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी टि - २० विश्वकप एसिया फाइनल छनोट खेलको सोह्रौं ओभरमा करण केसीले छैटौं विकेट लिएका हुन्।
केसीले १६.३ ओभर मनप्रीत सिंहलाई आउट गरेका छन्। केसीको बलमा कप्तान रोहित पौडेलले क्याच आउट गरेका हुन्। यस अगाडि केसीले पहिलो ओभरको दोस्रो बलमा सिंगापुरका कप्तान अरित्र दत्तलाई आउट गरेका थिए।
खेलमा सन्दीप लामिछाने र गुलशन झाले २/२ विकेट लिएका छन्। लामिछानेले जनक प्रकाश र सुरेन्द्र चन्द्रमोहनलाई आउट गरेका थिए। गुल्सन झाले अमार्त्य कौल र रोहन रंगराजनलाई आउट गरे। अहिले सिंगापुरले १७ ओभरमा १२४ रन बनाएर खेलिरहेको छ।
सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्। नेपालले टस हारेपछि फिल्डिङको निम्तो पाएको हो।
प्रतिक्रिया दिनुहोस !