वडाध्यक्षलाई कुट्ने प्रहरीलाई कारबाही नगरिए आन्दोलनमा उत्रने चेतावनी

वडाध्यक्षलाई कुट्ने प्रहरीलाई कारबाही नगरिए आन्दोलनमा उत्रने चेतावनी
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज महानगरपालिका -७ का वडाध्यक्ष हिराकाजी महर्जनलाई कुटपिट गरी घाइते बनाउने प्रहरीलाई कारबाही नगरिए चरणबद्ध आन्दोलनमा उत्रिन चेतावनी  महानगरका जनप्रतिनिधिहरुले दिएका छन् ।

सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा तीन दिने अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाउँदै महानगरका ३२ वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले दोषी प्रहरीलाई तीनदिनभित्र  कारवाही नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई महानगरका जनप्रतिनिधिहरुले बुझाएको ज्ञापनपत्रमा चरणबद्ध आन्दोलन अन्तर्गत पहिलो दिन ३२ वटै वडा कार्यालयमा वडाध्यक्षहरुले हातमा कालो पट्टी बाँधेर काम गर्ने, दोस्रोदिन वडा कार्यालयमा बिहान १० देखि दिउँसो १ बजेसम्म सेवा प्रवाह ठप्प पार्ने, तेस्रोदिन दिनभर वडा कार्यालयको सेवा प्रवाह बन्द गर्ने र चौथोदिन वीरगन्जको घणटघर चोकमा विरोध प्रदर्शन गर्ने उल्लेख छ ।

त्यति गर्दासमेत दोषी प्रहरीलाई कारबाही नगरिए दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणाा गरिने वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकारले बताए ।

वडाअध्यक्ष महर्जनलाई दसैंको महाष्टमीको राति इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सन्तोष तुराहाले कुटपिट गरेर घाइते बनाएकोले उक्त घटनाको सत्यतथ्य छानबिन गरी कारबाही गर्नुपर्ने आफूहरुको माग रहेको वीरगन्ज २० वडाध्यक्ष रामकिशोर सिंह परागले बताए ।

यसअघि नेपाली कांग्रेस पर्साले पनि वडाध्यक्ष महर्जनलाई कुटपिट गर्ने प्रहरी नायब निरीक्षक तुराहालाई कारबाहीको माग गर्दै गत शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र  बुझाएको थियो ।

कार्तिक ५ गते महाष्टमीका राति रेल्वेरोडस्थित हनुमान मन्दिरमा भइरहेको धार्मिक भजनकिर्तन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको र वडाध्यक्ष महर्जनले धार्मिक कार्यमा बाधा नगर्न आग्रह गर्दा   प्रहरी नायब निरीक्षक तुराहाले वडाध्यक्ष महर्जनलाई कुटिपट गर्नुकासाथै रातभर प्रहरी थुनामा राखेका थिए ।

प्रहरीले उनलाई कार्तिक ६ गते बिहान मात्र  छाडेको थियो । कुटपिटबाट घाइते महर्जनको आँखामा गम्भीर चोट लागेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.