बारामा प्रधानाध्यापकमाथि दुई राउण्ड गोली प्रहार

बारामा प्रधानाध्यापकमाथि दुई राउण्ड गोली प्रहार
गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापक रुपेश सराप। तस्बिर : अन्नपूर्ण

बारा : बाराको कलैया उपमहानगरपालिका -६ मदरसा टोलस्थित बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक गुड्डु भनिने रुपेश सराफमाथि गोली प्रहार भएको छ।

सोमबार दिउँसो करिब १ बजेतिर  प्रधानाध्यापक सराफमाथि गोली प्रहार भएको हो।

दुईवटा मोटरसाइकलमा आएका चारजना अपरिचित व्यक्तिले ३५ वर्षीय सराफमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। स्कुलबाट मोटरसाइकलमा घरतर्फ जाँदै गरेका सराफमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो।

उनको छाती र पेटमा दुईवटा गोली लागेको छ।

घाइते सराफलाई सुरूमा कलैयाकै प्रादेशिक अस्पतालमा प्राथमिक उपचार  गरी थप उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी वयोद्धा  हस्पिटल ल्याइएको छ। उनको  अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ। 

गोली प्रहार गर्नेहरूको खोजि भइरहेको बाराका प्रहरी उपरीक्षक सुरेस काफ्लेले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.