सन्दीप लामिछानेले लिए तेस्रो विकेट
काठमाडौं : मलेसियाविरुद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी टि - २० विश्वकप एसिया फाइनल छनोटको दोस्रो खेलमा सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन्।
१०.१ ओभरमा विरनदीप सिंहलाई लामिछानेले आउट गरेका हुन्। उनले ८ बलमा ४ रन बनाए।
यस अगाडि करण केसी र आशिफ शेखले मलेसियाका कप्तान फायज अहमदलाई रन आउट गरेका थिए। फायजले ४ बलमा ३ रन बनाए। त्यसैगरी जुबैदी जुलकिफ्ले १६ बलमा २४ रन बनाएर आउट भएका थिए। उनी अविनाश बोहराको बलमा कुशल मल्लको हातबाट समातिएका हुन्।
अहिले मलेसियाले ११.१ ओभरको समाप्तिमा ९१ रन बनाएर खेलिरहेको छ।
मलेसियाका कप्तान फायज अहमदले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्। नेपालले टस हारेपछि फिल्डिङको निम्तो पाएको हो।
उपाधिको प्रमुख दाबेदार नेपालले सोमबार सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो। प्रतियोगिताको सुखद सुरुवात गरेको घरेलु टोली नेपालले लगातार दोस्रो जित निकाल्ने दाउमा छ।
नेपालले बिहीबार ओमानसँग खेल्नेछ। कीर्तिपुर र मूलपानी मैदानमा हुने प्रतियोगिताको समूह ‘ए’मा नेपाल, ओमान, सिंगापुर र मलेसिया छन्। यस्तै समूह ‘बी’मा हङकङ, यूएई, बहराइन र कुवेत छन्। फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने टीट्वेन्टी विश्वकप खेल्न पाउनेछ।