भन्सार छलेर ल्याएको २५ लाख मूल्यको सामान बरामद

भन्सार छलेर ल्याएको २५ लाख मूल्यको सामान बरामद
भन्सार छलिको सामानसहित नियन्त्रणमा लिएको ट्रक। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

ढल्केवर : महोत्तरी प्रहरीले भन्सार छलिका ठूलो मात्रामा अवैध सामान बरामद गरेको छ । मंगलबार सिरहाको लहानबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ३१९७ न.को मिनि ट्रकलाई विशेष सूचनाको आधारमा महोत्तरीको बर्दिबास—३ कालापानीस्थित रोकेर चेकजाँच गर्दा अबैध सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएका सादा पोशाकमा गएको प्रहरी टोलीले ट्रक चेकजाँच गर्दा उक्त ट्रकमा काजु १०० डिब्बा, जिरा ३०० किलो, चामल १८ बोरा, भुजा ४१ बोरा, च्यूरा ६ बोरा र २०० काटुन चकलेट बरामद भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिए ।

उनका अनुसार २५ लाख २७ हजार ३०० बराबरको सामान बरामद भएको हो । बरामद भएका सामानका साथै ट्रक र ट्रक चालक सिन्धुलीगढी गाउँपालिका -६ बस्ने ३३ वर्षीय गंगाबहादुर दर्जी समेतलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीको लागि जलेश्वर भन्सार कार्यालय मलिवारा पठाउने प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.