चारजना भारतीय सुटरले एकैपटक गोली हानेका थिए

प्रेम सम्बन्धका कारण प्रधानाध्यापक रुपेशको हत्या भएको पुष्टि

प्रेम सम्बन्धका कारण प्रधानाध्यापक रुपेशको हत्या भएको पुष्टि
प्रधानाध्यापक रुपेशको हत्याका मुख्य योजनाकारलाई सार्वजनिक गर्दै प्रहरी। तस्बिर : क्रान्ति शाह

दुईवटा मोटरसाइकलमा आएका भारत बिहारको मोतिहारी जिल्ला दर्पा थाना १ सुकलहीयाका २५ वर्षीय सुजित कुमार सिंह, त्यही ठाँउका २४ वर्षीय चञ्चल पाण्डे , २२ वर्षीय मनिष सहनी र २० वर्षीय कामेश्वर सहनीले रुपेशलाई गोली हानेका थिए ।

वीरगन्ज : बाराको कलैया उपमहानगरपालिका -६ मदर्शा टोलस्थित बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक तथा सञ्चालक रुपेश स्वर्णकारको हत्या विवाहेत्तर प्रेमसम्बन्धका कारण भएको प्रहरीले पुष्टि गरेको छ । 

मदर्शा टोलमै घर भएका ३६ वर्षीय रुपेश गत सोमबार दिउँसो मोटरसाइकलमा घरतर्फ जाने क्रममा दुईवटा मोटरसाइकलमा आएका चारजना बन्दुकधारीले चार राउण्ड गोली हानी  हत्या गरेका थिए । 

रुपेशको हत्या घटनाबारे जानकारी दिन बुधबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गरेका प्रहरी उपरीक्षक सुरेश काफ्लेले दुई छोराका बुबा समेत रहेका रुपेशको हत्या एक युवतीसँग विवाहेत्तर प्रेम सम्बन्धका कारण गरिएको पुष्टि भएको बताए । 

प्रहरी उपरीक्षक काफ्लेका अनुसार, रुपेशकै स्कुलमा पहिले लेखापाल पदमा कार्यरत पूर्वकर्मचारी कलैया ३ मदर्शा टोलकै २२ वर्षीया राधा गुप्ता र उनका प्रेमी भारत घर भएका मनोज गुप्ताले मिलेर गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

राधाकै योजनामा उनका प्रेमी मनोजले भारतबाट सुटर बोलाएर सोमबार दिउँसो रुपेशको हत्या गराएको प्रहरी उपरीक्षक काफ्लेले बताए । रुपेशलाई गोली हान्ने बेलामा  भारतका चारजना सुटर र मनोज आफैं पनि प्रत्यक्ष संलग्न थिए ।

null

दुईवटा मोटरसाइकलमा आएका भारत बिहारको मोतिहारी जिल्ला दर्पा थाना १ सुकलहीयाका २५ वर्षीय सुजित कुमार सिंह, त्यही ठाँउका २४ वर्षीय चञ्चल पाण्डे , २२ वर्षीय मनिष सहनी र २० वर्षीय कामेश्वर सहनीले रुपेशलाई गोली हानेका थिए ।

रुपेशको हत्यामा संलग्न मुख्य योजनाकार राधासहित पाँचजनालाई पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक पनि गरेको हो । प्रहरीले सार्वजनिक गरेकाहरु कलैया ६ मदर्शा टोलकी २२ वर्षीया राधा गुप्ता , त्यहि टोलका ३४ वर्षीय जमिल अख्तर , कलैया ९ रामपुरका २६ वर्षीय रियाज अन्सारी , भारत बिहारको घोडासहनको जगीराकोटीका २३ वर्षीय चन्दन कुमार र चन्दनकै छिमेकी गाउँका २३ वर्षीय अभिनव कुमार राजपुत रहेका छन् । 

तीमध्ये राधा हत्याको मुख्य योजनाकार हुन् भने जमील र रियाज सहयोगी तथा चन्दन र अभिनव सुटर ग्याङको सदस्य रहेको प्रहरी उपरीक्षक काफ्लेले बताए । घटनास्थलबाट गोलीको चार थान खोका बराम दपनि भएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए । 

रुपेशलाई गोली हान्ने चारैजना भारतीय सुटर र राधाका प्रेमी मनोज भने अहिलेसम्म पक्राउ परेका छैनन् । उनीहरु फरार नै रहेकाले खोजी कार्य भइरहेको काफ्लेले बताए । 

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक काफलेले बताए अनुसार, राधा भारतीय नागरिक मनोजसँग विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेकी  थिइन् ।२०७९ साल बैशाखदेखि राधा रुपेशको स्कुलमा लेखापाल पदमा काम गर्न थालेपछि उनी रुपेशसँग पनि नजिकिएकी थिइन्। 

यो कुरा थाहा पाएपछि राधाका भारतीय प्रेमी मनोजले राधालाई स्कुल छाड्न दबाब दिनुका साथै स्कुलमै पटकपटक आएर राधासँग नजिक नहुन रुपेशलाई पनि धम्की दिँदै आएका थिए । त्यहि विषयलाई लिएर रुपेश र  मनोजबीच पटकपटक झगडा समेत भएको थियो । 

राधा र रुपेशबीच हिमचिम बढेको थाहा पाएपछि यसअघि गत साउनमा पनि मनोजले रुपेशको हत्या गर्ने योजना बनाएका थिए । तर, त्यसबेला रुपेश भागेर ज्यान जोगाएका थिए । त्यति गर्दा समेत राधासँग रुपेशको घनिष्टता कम नभएपछि मनोजले एकपटक स्कुलमै पुगेर राधालाई कुटपिट पनि गरेका थिए । त्यसपछि राधाले स्कुल छाडेकी थिइन् । 

स्कुल छाडेपछि पनि रुपेशले राधासँगको सम्बन्ध नतोडेपछि राधाकै योजनामा मनोजले भारतबाट सुटरहरु बोलाएर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी उपरीक्षक काफ्लेले बताए । 
रुपेशको हत्या घटनाबारे प्रारम्भिक चरणको अनुसन्धान मात्रै सकिएको भन्दै काफ्लेले थप अनुसन्धानमा प्रहरी लागिरहेको बताए । 

हत्याको घटनापछि अनुसन्धानका क्रममा १० जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएकोमा ती मध्ये पाँचजना मात्र हत्यामा संलग्न रहेको पुष्टि भएपछि पत्रकार सम्मेलनमा पाँचजनालाई मात्र सार्वजनिक गरिएको काफ्लेले बताए ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.