टी-२० विश्वकप एसिया फाइनल छनोट

ओमानलाई पराजित गर्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल

ओमानलाई पराजित गर्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपालले आइसिसी टी-२० विश्वकप एसिया फाइनल छनोटमा आज ओमानसँग खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइसिसी टि - २० विश्वकप एसिया फाइनल छनोटको तेस्रो खेल आज बिहान ९ बजे सुरु हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। 

समूहगत चरणको अन्तिम खेल अगाडि नै समूह ‘ए’बाट नेपाल र ओमान सेमिफाइनलमा पुगेका छन्। आजको खेलबाट समूह विजेता बन्ने लक्ष्य रहेको छ। छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो।ओमानले पनि पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले पराजित गरेको थियो। 

कीर्तिपुर र मूलपानी मैदानमा हुने प्रतियोगिताको समूह ‘ए’मा नेपाल, ओमान, सिंगापुर र मलेसिया छन्। यस्तै समूह ‘बी’मा हङकङ, यूएई, बहराइन र कुवेत छन्। 

समूह एका विजेताले समूह बी को उपविजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछ। आज नेपाल र ओमान दुवै टीमले उत्कृष्ट टोली मैदान उतार्ने छन्।

फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने टीट्वेन्टी विश्वकप खेल्न पाउनेछ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.