सेवाप्रवाह प्रभावकारी बनाउन सुशासन समितिले थाल्यो अनुगमन

सेवाप्रवाह प्रभावकारी बनाउन सुशासन समितिले थाल्यो अनुगमन
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज महानगरपालिकाले आफ्नै वडाभित्रको काम कारबाहीलार्ई चुस्त बनाउँदै सेवाप्रवाह प्रभावकारी बनाउन कडाइका साथ अनुगमन गर्न थालेको छ। महानगरद्वारा गठित सुशासन तथा संस्थागत विकास समितिले बुधबार महानगरको ५ वटा वडा कार्यालयको सेवा प्रवाह बारे अनुगमन गरेको हो।

वडा कार्यालयमा कर्मचारीको उपस्थिति, सेवा प्रवाहको अवस्था, राजश्व संकलनलगायतका विषयमा जानकारी लिएको समितिका संयोजक प्रदीप चौरसियाले जानकारी दिए। कतिपय वडा कार्यालयमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या आएको र कतिपय स्थानमा राजश्व संकलनमा समेत समस्या देखिएकाले वास्तविकता यकिन गर्न अनुगमन थालिएको उनले बताए।

वडा कार्यालयमा संकलन हुने राजश्व साप्ताहिक रूपमा दाखिला गराउनु पर्नेमा कतिपयले दाखिला नगरेको देखिएकाले त्यसलार्ई कडाई गर्न पनि समितिले अनुगमन थाल्नु परेको उनको भनाइ छ। समितिले बुधबार वडा नम्वर ४ बाट अनुगमन सुरु गरेको थियो। पहिलो दिन वडा नम्बर ४ सहित ५, ६, ७ र १५ गरि ५ वटा वडामा अनुगमन गरिएको महानगरको प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकारले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.