एकतर्फी यातायात सञ्चालनले बजार विस्तारमा समस्या

एकतर्फी यातायात सञ्चालनले बजार विस्तारमा समस्या
सुन्नुहोस्

धरान : धरानमा एकतर्फी यातायातका साधन सञ्चालन भएपछि मुख्य बजार विस्तारमा समस्या उत्पन्न भएको छ। एकतर्फी यातायात सञ्चालनका कारण धरानको मुख्य बजार रहेको भानुचोकदेखि पूर्व पट्टीको देशिलाई, माछा भौडी हुँदै सदन स्कुलसम्मको बजार विस्तारमा समस्या भएको हो। 

धरान उपमहानगरपालिकाले वर्ष दिन अगाडि देशी लाइनदेखि सदन स्कुलसम्मको सडक फराकिलो बनाई बजार विस्तारको योजना अघि सारेको थियो। बजार विस्तारका लागि ३२ फिट बाटोलाई बढाएर ५० फिट बनाए लगत्तै उपमहानगरले यस क्षेत्रमा एकतर्फी यातायातका साधन सञ्चालन गरेका कारण बजार विस्तारमा गम्भीर समस्या उत्पन्न भएको स्थानीय सर्वजीत राईले बताए। 

उनले उपमहानगरपालिकाको आग्रहमा बजार विस्तारका लागि यहाँका वासिन्दाले घर भत्काएर सडक विस्तारका लागि जग्गा दिएको तर, उपमहानगरपालिकाले एकतर्फी सडक सञ्चालन गरी अन्याय गरेको बताए। 

एकतर्फी यातायात सञ्चालन भएपछिदेखि लाइनदेखि सदन स्कुलसम्मको व्यापार व्यवसाय सञ्चालनमा असर पुगेको भन्दै स्थानीय वासिन्दाले धरान उपमहानगरपालिका र जिल्ला ट्राफिक कार्यालय सुनसरीमार्फत यातायातका साधन सञ्चालनमा दुईतर्फी गर्न माग गरेका छन्। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक सुभाष केसीले यस विषयमा धरान उपमहानगरपालिकासँग समन्वय गरी समस्याको समाधान गर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.