उद्धार टोली भूकम्प प्रभावित क्षेत्र जाँदै

भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ७३ जनाको मृत्यु, दुई सय बढी घाइते

भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ७३ जनाको मृत्यु, दुई सय बढी घाइते
घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार हुँदै। तस्बिर : अन्नपूर्ण

बीरेन्द्रनगर : जाजरकोट आसपासलाई केन्द्र बनाएर शुक्रबार मध्यराती गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म जाजरकोटमा ३७ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । 

जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिसचन्द्र शर्माका अनुसार जाजरकोटमा मात्र ३७ जनाको मृत्यु भएको पुष्टि भएको र पुष्टि हुन बाँकी थप ४३ जनाको पनि मृत्यु भएको विवरण प्राप्त भएको छ । 

थप विवरण आएको ठाउँमा प्रहरी परिचालन गरी पुष्टि हुने क्रम जारी छ । उनले भने, 'अहिलेसम्म ३७ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । ८ जना गम्भीर घाइतेलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । जिल्ला सदरमुकामको अस्पतालमा झण्डै १ सय बढीको उपचार भइरहेको छ ।गाउँमा पहिरो आएर सडक अबरुद्ध भएकाले गाउँबाट घाइतेको उद्धारका लागि हेलिकोप्टर माग गरी गृहमन्त्रालयमा पत्राचारी गरी समन्वय भइरहेको छ । 

यस्तै भूकम्पबाट रुकुमपश्चिममा पनि अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । रुकुमपश्चिमका प्रमूख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार जिल्लाको आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । 

थप विवरण पनि आउँने क्रम जारी छ । भूकम्पमा परी दुईवटा पालिकामा ५३ जना घाइते भएका हुन् । घाइतेहरुको मिसन अस्पताल चौरजहारि, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

उद्धारको टोली जाजरकोट जाँदै

जाजरकोट र रुकुमपश्चिममा भुकम्पमा परेका नागरिकको उद्धारका लागि दुवै जिल्ला प्रहरी प्रमुख, इलाका प्रहरी प्रमूखहरुको नेतृत्वमा उद्धारका लागि प्रहरी परिचालन भएका छन् ।

अन्य सशस्त्र प्रहरी र नेपाली सेना पनि साथमा छ । कर्णाली प्रदेश प्रहरी प्रमुख भीम ढकालले भने,' जिल्लामा रहेको प्रहरी जनशक्तिका साथै थप ६० जनाको टोली सुर्खेतबाट पठाइएको छ । मुगुबाट म पनि भुकम्प प्रभावित क्षेत्रमा जाँदैछु । घाइतेहरुको उद्धारका लागि सुर्खेतबाट एम्बुलेन्स पनि पठाइएको छ ।

यता भूकम्पमा परी जाजरकोटमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ। १०० बढी घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ। घाइतेमध्ये ७ जनालाई थपउपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.