प्रभावित क्षेत्रमा प्रचण्ड

नेपाली सेनाको स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री जाजरकोटमा

नेपाली सेनाको स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री जाजरकोटमा

बीरेन्द्रनगर/जाजरकोट : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमन र उद्धारको लागि जाजरकोट पुगेका छन्। नेपाली सेनाको स्वास्थ्यकर्मीको १६ जनाको टोली र आवश्यक उद्धार सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित क्षेत्र पुगेका हुन्। 

भूकम्प प्रभावित क्षेत्रमा सुर्खेत लगायत छिमेकी जिल्लाहरूबाट खोज तथा उद्धार लागि तीनवटै निकायका थप सुरक्षाकर्मी पनि परिचालन गरिसकेको छ। भूकम्पबाट भएको क्षतिको विषयमा प्रधानमन्त्री दाहालले जाजरकोटका प्रमुख जिल्ला अधिकारीबाट जानकारी लिंदैछन्।

सुर्खेतबाट मेडिकलसहितको टोली रूकुमपश्चिमको आठविसकोट पुग्यो

सुर्खेतबाट मेडिकलसहितको टोली रूकुमपश्चिमको आठविसकोट नगरपालिका पुगेको छ । नेपाली सेनाको हेलिकोप्टरबाट गएको टोलीले उपचार थालेको छ । सोही हेलिकोप्टरमा घाइतेहरूको उद्दार गरी वीरेन्द्रनगर ल्याउन लागिएको छ ।

 साथै कर्णाली प्रदेश विपद व्यवस्थापन केन्द्रको आकस्मिक बैठकले तत्काल उद्दारको लागि सबै संयन्त्र परिचालन गर्ने र आवश्यक राहत सामग्री पठाउने निर्णय गरेको  आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.