बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर नगरपालिका-१२ का ४१ वर्षीय अजय कुमार चौधरी रहेका छन्।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७९ कात्तिक ४ गतेको फैसलाले ७ लाख जरिवाना, ३ दिन कैद र २८ हजार मात्र क्षतिपूर्ति शुल्क भराउने गरी फैसला भएको थियो।
त्यसपछि फरार रहेका उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको गैह्रीगाँउबाट पक्राउ गरेको हो।
पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौं जिल्ला अदालत पठाइएको छ।
प्रतिक्रिया दिनुहोस !