डडेल्धुरामा मृत चितुवा फेला
डडेल्धुरा : डडेल्धुरामा चितुवा मृत फेला परेको छ। बिहीबार बिहान ११ बजेतिर नवदुर्गा गाउँपालिका–३ को चेल्फीस्थित भूमिदेव सामुदायिक वनमा पाँच वर्षको चितुवा मृत फेला परेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार चितुवाको कम्मरमा घाउ रहेको छ। स्थानीयले चितुवा मृत फेला परेको जानकारी दिएपछि प्रहरी चौकी बेलापुरको टोली घटना स्थल पुगेको थियो।
प्रहरीले मृत चितुवालाई डिभिजन वन कार्यालयको जिम्मा लगाएको छ ।
प्रतिक्रिया दिनुहोस !