भूकम्पले घाइते भएकाको भेरी अस्पतालमा उपचार

भूकम्पले घाइते भएकाको भेरी अस्पतालमा उपचार
तस्बिर : शंकरप्रसाद खनाल
सुन्नुहोस्

नेपालगन्ज : जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरुको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार सुरु गरिएको छ। भेरी अस्पताल नेपालगन्जमा जाजरकोट र रुकुमका १९ जना घाइतेको उपचार भइरहेको हो।

हेलिकोप्टरबाट ल्याएका बिरामीको भेरी अस्पतालको आपतकालीन कक्षमा राखेर उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये जाजरकोटका १२ र सात जना रुकुमका छन् ।घाइतेहरुको उपचारमा विशेषज्ञ चिकित्सकसहित अस्पतालका स्वास्थ्यकर्मीहरु बिहानैदेखि तैनाथ गरिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठले थप १० जना घाइतेलाई भेरीमा ल्याउन हेलिकोप्टर उडिसकेको बताए । 


जाजरकोटको खलङ्गाकाबाट एम्बुलेन्सले घाइतेहरुलाई नेपालगञ्ज भेरी अस्पताल ल्याएको थियो। घाइते बिरामीहरुको नेपालगञ्जको भेरी अस्पतालमा उपचार सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पवनजङ्ग रायमाझीले जानकारी दिए। घाइते बिरामीहरुको उपचारका लागि निजी अस्पताललाई पनि तयारी अवस्थामा राखिएको छ। 

बाँकेमा रहेका भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको एक सय पाँचवटा शय्यासमेत तयारी अवस्थामा राखिएको छ। शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। सो भूकम्पमा परी ठूलो जनधनको क्षति भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.