भूकम्पबाट आसपासका जिल्लामा पनि क्षति

भूकम्पबाट आसपासका जिल्लामा पनि क्षति
भूकम्पबाट क्षतिग्रस्त घर।
सुन्नुहोस्

सुर्खेत : जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट छिमेकी जिल्लाहरूसमेत क्षति पुगेको छ। प्रहरीका अनुसार जुम्लामा ५ जना घाइते भएका छन् भने दैलेखमा दुई र सल्यानमा एक जना घाइते भएका छन्।

यसैबीच जाजरकोट र रुकुममा गरी १ सय ४४ जनाको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म १ सय ५ जनाको मृत्यु भएको पुष्टि भएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी गोपालचन्द्र भट्टराईले जाजरकोटमा मात्र १ सय ५ जनाको निधन भएको बताए। 
 

प्रहरीका अनुसार कतिपय ग्रामिण क्षेत्रहरूबाट एकिन विवरण आइसकेको छैन। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले दुवै जिल्लामा उद्धार कार्य जारी राखेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.