भूकम्पमा परी घाइते भएका ३३ जनाको उपचार बाँकेमा, एकको मृत्यु

भूकम्पमा परी घाइते भएका ३३ जनाको उपचार बाँकेमा, एकको मृत्यु
भेरी अस्पताल नेपालगन्जमा उपचार गराइरहेका भूकम्पका घाइतेहरू। तस्बिर : शंकरप्रसाद खनाल
सुन्नुहोस्

नेपालगन्ज : भूकम्पमा घाइते भएका जाजरकोट र रुकुम पश्चिमका ३२ जनाको बाँकेमा उपचार भइरहेको छ। भेरी अस्पताल नेपालगन्जमा ३२ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक जनाको उपचार भइरहेको छ। 

शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका ३३ जनामध्ये एक जनाको ज्यान गएको हो। हेलिकप्टरबाट उद्धार गरिएका जाजरकोटको नलगाड-१ पालीका घाइते ३३ वर्षीय टेकबहादुर पुनलाई भेरी अस्पतालमा शनिबार मध्यान्न १२ चिकित्सकले मृतक घोषणा गरेका थिए। उपचारमा ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए। 

भूकम्प प्रभावित क्षेत्रबाट रिफर भएका घाइतेहरूको डेडिकेट अस्पताल बनाएकाले भेरीमा अहिले जाजरकोटका २७ र रुकुम पश्चिमका ६ जनाको उपचार भइरहेको छ। जसमा महिला १६ र पुरुष १७ जना छन्। १८ वर्ष मुनीका ९ जना, ६० वर्षमाथिका ५ जना रहेको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझीले जानकारी दिए।  

भेरी अस्पतालमा स्वास्थ्यकर्मीको अभाव हुन नदिने नेपालगन्ज उपमहानगरपालिका १० स्वास्थ्यकर्मी सहयोग गरेको छ। उपमहानगरपालिकाका स्वास्थ्य शाखा उप-प्रमुख जागेश्वर बस्नेत तत्काल स्वास्थ्यकर्मीको अभाव हुन नदिन पाँच जना स्टाफ नर्स, पाँच जना एचए र सिनियर अहेब खटाइएको बताए। भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका लागि उपमहानगरपालिकाले चार लाख रुपैयाँ, खजुरा गाउँपालिकाले तीन लाख रुपैयाँको औषधि सहयोग गरेका छन्। 

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५एनका गर्भनर मुकुट ढकाल नेतृत्वको टोली पाँच लाख रुपैयाँ बराबरको खाद्यान्न र आवश्यक सामग्री लिएर वितरणका लागि शनिबार अपरान्ह जाजरकोट गएको छ। त्यसैगरी नेपालगन्ज उद्योग वाणिज्य संघको टोलीले पनि साढे तीन लाख रुपैयाँ बराबरको तत्काल राहातका सामग्री र कपडा वितरण गर्न जाजरकोट र रुकुम पश्चिम प्रस्थान गरेको संघका महासचिव भीमबहादुर रानाभाटले जानकारी दिए। 

संघले भेरी अस्पतालमा उपचार गराइरहेका घाइतेहरूलाई कपडा वितरण गरेका छन्। नेकपा (एमाले), अनेरास्ववियु, रेडक्रस, नागरिक समाजले घाइतेलाई आवश्यक पर्ने भन्दै रक्तदान गरेर सहयोग गरेका छन्। n


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.