बझाङमा भालुको आक्रमणबाट बाबुछोरी घाइते

बझाङमा भालुको आक्रमणबाट बाबुछोरी घाइते
सुन्नुहोस्

बझाङ : बझाङको थलारा गाउँपालिकामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन्। घाइते हुनेमा थलारा–८ का ६० वर्षीय मदनराज जोशी र १३ वर्षीया उनकी छोरी देवशरा जोशी रहेका छन्। 

घर नजिकै रुडो खोला भन्ने स्थानमा रहेको भैसी बाँध्ने गोठमा राखिएको मौरी घार हेर्न गएका बेला उनीहरुलाई शनिबार बिहान भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ। भालुको आक्रमणबाट मदनराज जोशीको बायाँ काँधको हड्डी भाच्चिनुका साथै बायाँ हत्केला र खुट्टामा चोट लागेको र देउसराको टाउको, दाहिने खुट्टामा, बायाँ हातमा, पिठ्युँमा र दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। 

दुवैको अवस्था खतरा मुक्त भइसकेको र घाइतेहरुको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको बताइएको छ। खप्तड राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा पर्ने थलारामा भालु देखिने गरेको छ। भालुले आक्रमण गरेपछि त्यस क्षेत्रका स्थानीयहरू समेत त्रसित हुन थालेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.