आगलागी पीडितका लागि छिट्टै प्याकेजसहित राहतको व्यवस्था हुन्छ: मुख्यमन्त्री यादव

आगलागी पीडितका लागि छिट्टै प्याकेजसहित राहतको व्यवस्था हुन्छ: मुख्यमन्त्री यादव
सुन्नुहोस्

मटिहानी (महोत्तरी) : मधेश सरकारकोतर्फबाट मटिहानीको आगलागी पीडितको लागि चाँडै प्याकेज सहितको राहत व्यवस्थापन गरिने मुख्यमन्त्री सरोजकुमार यादवले बताएका छन्। शनिबार मटिहानीस्थित पीडितसँग भेटघाटका क्रममा सो प्रतिवद्धता जनाएका हुन्।

उनले भने, ‘प्रदेश सरकार यस्तो पीडामा मलम लगाउनका लागि तयार छ। जिल्ला विपद् व्यवस्थापन समितिमार्फत क्षतिको यकिन विवरण प्राप्त हुनसाथ मधेश प्रदेश सरकारले लक्षित वर्गलाई ठोस राहत प्याकेज उपलब्ध गराउनेछ। आगलागी पीडितहरूको राहतमा कुनै कसर बाँकी नराख्ने तथा दुःखको यस घडीमा प्रदेश सरकार मटिहानीवासीको साथमा रहनेछ।’

जिल्ला विपद् व्यवस्थापन समितिकोतर्फबाट २० हजार नगद प्रदान

जिल्ला विपद् व्यवस्थापन समितिकोतर्फबाट महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आगलागी पीडित परिवारलाई नगद २० हजारका दरले राहत उपलब्ध गराएका हुन्। 

वैशाख १३ गते बसेको जिल्ला विपद व्यवस्थापन समितिको आपतकालीन बैठकले अग्निपीडितलाई तत्काल जनही २० हजारका दरले राहत वितरण गरिने निर्णय गरेका थिए। सो निर्णयअनुसार उक्त रकम वितरण भएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।

वैशाख १२ गते मटिहानी नगरपालिका-६ जरलहवावस्तीमा भएको भिषण आगलागीमा परि १ सय घर पुर्णरुपमा जलेर नष्ट भएको थियो। जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार आगलागीमा परि ९१ वटा कच्ची र ९ वटा अर्धपक्की घर जलेको थियो। जुन घटनामा ४ सय ६२ व्यक्तिहरू प्रत्यक्ष रुपमा प्रभावित भएका छन्। स्थानीयहरूले घरबास गुमाएका छन्। उनीहरुले अहिले सडक र खेतमा ओत लिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.