प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि वीरेन्द्र र सविनालाई

प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि वीरेन्द्र र सविनालाई

तानसेन : रिता अनिल स्मृती दोस्रो प्रोफेस्नल लुम्बिनी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगितामा पुरुषतर्फ पाल्पाका वीरेन्द्र बुढाले उपाधि जितेका छन्। महिलातर्फ  गुल्मीकी सविना श्रेष्ठले उपाधि जितिन्। 

प्रतियोगिता दुई दिनसम्म पाल्पामा सञ्चालन भएको थियो। प्रतियोतिामा प्रथम भएका वीरेन्द्र र सविनाले  ३०/३० हजार रुपैयाँ, गोल्ड मेडल र प्रमाण पत्र पाएका छन्। 

प्रतियोगितामा दोस्रो भएका पुरुषतर्फ रोल्पाका तिलक बुढामगर र महिलातर्फ नवलपरासीकी वसन्ती विश्वकर्माले २०/२० हजार रुपैयाँ, प्रमाणपत्र र रजत पदक पाए। 

यसैगरि पुरुषतर्फ पाल्पाका उज्जवल गहतराज र महिलातर्फ ललिता बुढाथोकी बर्दिया तृतीय भए। दुवैले १०/१० हजार नगद, प्रमाणपत्र र कास्य पदक पुरस्कार पाए। 

विजेताहरूलाई लुम्बिनी प्रदेश सदस्य खेम बहादुर सारु, लुम्बिनी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव जयप्रकास भट्टराई, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, नेपाल आइटिएफ तेक्वान्दो महासंघका केन्द्रीय उपाध्यक्ष निरबहादुर सारु, नेपाल आइटिएफ तेक्वान्दो महासंघ लुम्बिनी प्रदेशका सचिव विक्रम पाटामागर, पुर्व राष्ट्रिय खेलाडी आयुसा कार्की लगायतले पुरस्कार, प्रमाण तथा मेडलहरू वितरण गरेका थिए। 

प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्ला र आयोजक टोली गरी ६४ जना  खेलाडीले भाग लिएका थिए।  प्रतियोगिता महिलातर्फ ४६ केजीदेखि ५२ केजीसम्म र पुरुषमा ४९ केजीदेखि ५५ केजीको  एकल स्पारिङमा प्रतिस्पर्धा भएको थियो। 

लुम्बिनी प्रदेश सदस्य खेम बहादुर सारुले तेक्वान्दो खेल, आत्मरक्षाका लागि रक्षाकवज, व्यक्ति अनुशासनको कडी, देशलाई चिनाउने महत्वपूर्ण खेल भएको बताए। लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा तेक्वान्दो खेल लाई व्यबसायिक बनाउँदै अगाडि बढाउन नीतिगत रूपमा पहल गर्ने प्रदेश सांसद सारुले जोड दिए। 

कार्यक्रममा  लुम्बिनी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव जयप्रकास भट्टराई, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, आइटिएफ तेक्वान्दो महासंघ लुम्बिनी प्रदेशका सचिव विक्रम पाटामागर, नेपाल खेलकुद पत्रकार मञ्च पाल्पाका अध्यक्ष माधव अर्याल लगायतले प्रतियोगिताले पाल्पालाई खेलकुद पर्यटनको विकासमा टेवा पुग्नेमा जोड दिए। 

नेपाल आईटिएफ तेक्वान्दो महासंघ पाल्पा अध्यक्ष निर बहादुर सारुले आगामी दिनमा पनि राष्ट्रिय, प्रदेश स्तरमा प्रतियोगिता सञ्चालन गरी पाल्पा लाई खेलकुद पर्यटनका रूपमा विकास गर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.