खेलाडीको नगद पुरस्कार निकासा

खेलाडीको नगद पुरस्कार निकासा

काठमाडौं : मन्त्रिपरिषद्को बिहीबारको बैठकले २ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले युवा तथा खेलकुद मन्त्रालयमार्फत पेश गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेसँगै १९औं एसियाली खेलकुद र चौथो एसियाली पारा खेलकुदका पदक विजेता खेलाडी तथा प्रशिक्षकका साथै नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले नगद पुरस्कार पाउने भएका छन् ।

१९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल एरिका गुरुङले १९ लाख ५० हजार प्राप्त गर्ने छिन् । प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले दुई लाख ३४ हजार, सहायक प्रशिक्षक छोरी डंगोल र वीरकृष्ण शाही तथा व्यवस्थापक निवासगोपाल वैद्यले जनही १ लाख ९५ हजार प्राप्त गर्ने छन् ।

एसियाली खेलकुदमा नै महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो । नेपाली राष्ट्रिय महिला कबड्डी टोलीका १२ खेलाडीले जनही ३ लाख ९० हजार, प्रमुख प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णुदत्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही एक लाख ३० हजार रुपैयाँ पाउने छन् । कबड्डी टिमले मात्रै ४८ लाख १० हजार नगद प्राप्त गर्नेछ ।

यसैगरी चौथो एसियाली पारा खेलकुदमा कांस्य जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनले १३ लाख रुपैयाँ पाउने छिन् । प्रमुख प्रशिक्षक कविराज नेगी लामाले दुई लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले एक लाख ३० हजार पाउने छन् ।

यसैगरी आईसीसी पुरुष 

टीट्वेन्टी विश्वकपअन्तर्गत एसियाली छनोटमा दोस्रो भएको राष्ट्रिय क्रिकेट टिमले दुई करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छ । १५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देसाईले तीन लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही १ लाख ९५ हजार रुपैयाँ हात पार्ने छन् ।

पुरस्कार प्रदान गर्ने निर्णय गरेकोमा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राखेपका सदस्यसचिव टंकलाल घिसिङले नेपाल सरकार र अर्थ मन्त्रालयलाई धन्यवाद दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.