डोल्पाको ठुलिभेरी नगरपालिकाले जाजरकोटाका भूकम्प पीडितलाई पाँच लाख सहयोग गर्ने

डोल्पाको ठुलिभेरी नगरपालिकाले जाजरकोटाका भूकम्प पीडितलाई पाँच लाख सहयोग गर्ने
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

डोल्पा :  डोल्पाको ठुलिभेरी नगरपालिकाले जाजरकोट भूकम्प पीडितको सहयोगका लागि पाँच लाख दिने घोषणा गरेको छ । भूकम्प प्रभावित जिल्ला जाजरकोट आफै पुगेर नगरप्रमुख सुवर्ण कुमार बुढाले पाँच लाख सहयोग गर्ने घोषणा गरेका हुन् । 

शुक्रबार मध्यराती गएको भूकम्पले छिमेकी जिल्लामा ठूलो जनधनको क्षति भएकाले सानै भएपनि सहयोग गर्ने नगर प्रमुख बुढाले बताए । यस्तो महाविपत्तीमा सबैलाई आ-आफ्नो ठाउँबाट सहयोग गर्न पनि उनले अपिल गरेका छन् ।

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १५७  मानिसको मृत्यु भएको छ।  करिब दुई सयजना घाइते भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.