राहत थन्कियो, पीडितले पाएनन्

राहत थन्कियो, पीडितले पाएनन्
सदरमुकाममा थन्किएको राहत सामाग्री। तस्बिर : राजेन्द्र कार्की।
सुन्नुहोस्

जाजरकोट : जाजरकोटमा भूकम्प पीडितले राहत नपाएको गुनासो गरेका छन्। रेडक्रस लगायत विभिन्न निकायाबाट प्राप्त राहत सामग्री सम्बन्धित निकाएको ढिलासुस्तीले गर्दा पीडितले राहत पाउन नसकेका हुन्। 

पीडितहरु खुल्ला आकाशमुनि बस्न बाध्य भएका भेरी नगरपालिका १ रावत गाउँका दिपक नेपालीले बताए। उनका अनुसार आइतबार बिहानसम्म पनि पीडितले त्रिपाल लगायतका समान नपाउँदा समस्यामा परेका हुन्। 

nullजिल्ला विपद् व्यवस्थापन समितिले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरे पनि पीडित परिवारको तथ्यांक सकलन नहुँदा राहत वितरणमा अलमल भएको हो। 

संकलित राहत सामग्री सम्बन्धित पालिकामार्फत बुझाउने काम भैरहेको र आइतबार बेलुकासम्म राहत वितरण कार्य हुने जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए। पालिकाले राहत वितरणमा तदरुपता नदेखाउँदा ढिलाइ भएको उनले बताए। भूकम्पमा परी जाजरकोटमा मात्र १०५ जनाको मृत्यु र दुई सय बढी घाइते भएका छन्। तीन हजारभन्दा बढी घर भत्किएका छ्न्।​​​​​​​

nullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.