जाजरकोट भूकम्प : आठविसकोटमा जिल्ला बाहिरका तीनजनाको मृत्यु

जाजरकोट भूकम्प : आठविसकोटमा जिल्ला बाहिरका तीनजनाको मृत्यु
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

रुकुम पश्चिम : रुकुम पश्चिममा भूकम्प परी जिल्ला बाहिरका तीनजना व्यक्तिको मृत्यु भएको छ  । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट कामको सिलसिला रुकुम पश्चिमको आठविसकोट नगरपालिकमा रहेका तीनैजनाको घटनास्थलमै मृत्यु भएको हो ।  

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका मृत्यु हुनेमा बर्दियाका दुई र रोल्पाका एकजना रहेका छन् । उनका अनुसार मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय खड्क विक र ३६ वर्षीय अनिल विक रहेका छन । उनीहरुको आठविसकोट–१४ को छेपारेमा मृत्यु भएको हो । त्यस्तै रुकुम पूर्व बस्दै आएका रोल्पाका ३० वर्षीय किस्मत पुनमगरको पनि  भूकम्पमा परी मृत्यु भएको प्रहरी निरीक्षक खड्काले राससलाई जानकारी दिए।

पुनमगर पुनःनिर्माण कम्पनीको गाडी चालक हुन् । रुकुम पश्चिममा भूकम्पमा परी तीनजना जिल्ला  बाहिरकासहित ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.