जाजरकोट भूकम्प

विपतमा प्रचार होइन,सहयोगका लागि एकजुट हौं : ओली

विपतमा प्रचार होइन,सहयोगका लागि एकजुट हौं : ओली
तस्बिर : अन्नपूर्ण

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प पीडितलाई सहयोग गर्न आह्वान गरेका छन्। उनले पीडितहरूको सहयोगका लागि सबै एकजुट हुन आग्रह गर्दै राहत दिने बाहनामा अनावश्यक भीडभाड नगर्न समेत अनुरोध गरेका छन्।

अध्यक्ष ओलीले जाजरकोट र पश्चिम रुकुमको भूकम्प प्रभावित क्षेत्रमा यतिखेर अस्थायी आवासका लागि त्रिपाल,खाद्यान्न,लत्ताकपडा,घाइतेका लागि औषधि उपचार आवश्यक भएको बताएका छन्। विपतको बेला तत्कालको आवश्यकता पूरा गर्नुपर्ने बताउँदै अध्यक्ष ओलीले उद्धार, राहत र  पुनर्स्थापनाका लागि सबै एकजुट हुन आग्रह गरेका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,'जाजरकोट र पश्चिम रुकुमको भूकम्प प्रभावित क्षेत्रमा यतिखेर अस्थायी आवासका लागि त्रिपाल,खाद्यान्न, लत्ताकपडा, घाइतेका लागि औषधि उपचार चाहिएको छ। विपतको यो समयमा हामीले त्यहाँ तत्कालको आवश्यकता पूरा गर्ने काम गर्नु पर्छ। त्यहाँ अहिले सीपयुक्त दक्ष जनशक्ति आवश्यक छ। '

अध्यक्ष ओलीले विपतमा प्रचारभन्दा सहयोग आवश्यक रहेको बताउँदै अनावश्यक प्रचार नगर्न आग्रह गरेका छन्। उनले भनेका छन्,'विपतमा प्रचारभन्दा सेवा महत्त्वपूर्ण हुन्छ। भीडभाड गरेर अल्झाउनु हुँदैन। '

एमालेले भूकम्प पीडितलाई १ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ। 

भूकम्प प्रभावित क्षेत्रमा मानिसहरूको लावालस्कर लाग्ने गरेपनि पीडितहरूले भने प्रयाप्त मात्रामा राहत पाउन सकेका छैनन्। 

शुक्रबार राती जाजरकोटको रामडाँडा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पमा परी हालसम्म जाजरकोट र रुकुमपश्चिममा १५७ जनाको ज्यान गएको छ। करिब दुईसय बढी घाइते भएका छन्। भौतिक संरचनाहरुमा ठूलो क्षति पुगेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.