भूकम्पले त्रसित बाल मानसिकता

भूकम्पले त्रसित बाल मानसिकता
सुन्नुहोस्

घाइते बालबालिकाको उपचार, अभिावकविहीनलाई आश्रय र नियमित पठनपाठनको व्यवस्था नभएसम्मका लागि सबै बालबालिकाहरूलाई व्यस्त राख्ने उपायहरू अवलम्बन गर्न अति आवश्यक छ।

प्राकृतिक विपत्तिमा सबैभन्दा बढी प्रभावित हुने बालबालिका र वृद्धवृद्धा हुन्। अझ बालबालिकामा भूकम्पको असर वर्षौंपछिसम्म पनि बसिरहन्छ। विश्वमा भएका ठूला भूकम्पहरूमा पनि मानवीय क्षतिको संख्यामा बालबालिका, वृद्धवृद्धा र महिला बढी छन्।

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा मृत्यु भएकामध्ये झन्डै आधा संख्या बालबालिका रहेका छन्। कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १ सय ५३ मध्ये ७८ बालबालिका रहेको दुःखद् तथ्यांकले पनि यस्ता विपत्तिमा बालबालिकाको जोखिम स्तर प्रस्ट पार्छ। जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना बालबालिकाको भूकम्पमा परी मृत्यु भएको गृह मन्त्रालयको तथ्यांक छ। यो तथ्यांकमा रुकुम पश्चिमको अवस्था अझ कारुणिक छ। भूकम्पमा परी ५२ जनाको मृत्यु भएकोमा २८ बालबालिका रहेका छन्। १० महिनाका दुई बालबालिकाले समेत ज्यान गुमाएका छन्।

मृत्युसँगै घाइते हुनेको संख्या पनि बालबालिकाको बढी रहेको छ। अबको समय भनेको घाइते बालबालिकाको उचित उपचार मुख्य कुरा हो। घाइते बालबालिकालाई प्राथमिकतामा राखेर उपचारको काम गरिनुपर्दछ। २०७२ को भूकम्पबाट पाठ सिकेर बालबालिकाको उपचार, परामर्श र पढाइको निरन्तरतामा ध्यान दिन जरुरी छ। २०७२ को भूकम्पमा घाइते भएका कतिपय बालबालिकाले समयमा नै उपचार नपाएर ज्यान गुमाए।

कतिपय भूकम्पको  मानसिक असरले पढाइलाई निरन्तरता दिन नसक्ने भए। हजारौं विद्यार्थीको पढ्ने कापी कलममात्रै क्षति भएन, वर्षौैंसम्म विद्यालयसमेत पुनर्निर्माण हुन सकेन। भूकम्पमा अभिभावक गुमाएका बालबालिका टुहुरा मात्र भएनन्, कतिपयको अध्ययनको यात्रा पनि रोकियो। २०८० को जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि पनि यस्तै समस्याको पुनरागमन हुँदैछ। धेरै बालबालिकाले अभिभावक गुमाएका छन्। कयौं बालबालिका घाइते छन्। घर भत्किएपछि कापीकलम हराएको छ। विद्यालय भत्किएर पढाइ रोकिएको छ। कतिपय मानसिक रूपमा विक्षिप्त भएका छन्।

सबैभन्दा गम्भीर सबाल बालबालिकाको मनमस्तिष्कमा जरा गाडेर रहन सक्ने भय, त्रास र मानसिक विचलन हो। त्यसैले यसकारण भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनाको प्राथमिकताक्रममा बालबालिका र शिक्षालाई पहिलो प्राथमिकतामा राखिनुपर्छ। किनभने हिजोसम्म सँगसँगै रहने आफ्ना साथीहरू र अभिभावक गुमाएका बालबालिकालाई शोक र त्रासको मनस्थितिबाट नियमित पठनपाठनको दायरामा ल्याउनु गम्भीर चुनौती हो।

घाइते बालबालिकाको उपचार, अभिावकविहीनलाई आश्रय र नियमित पठनपाठनको व्यवस्था नभएसम्मका लागि सबै बालबालिकाहरूलाई व्यस्त राख्ने उपायहरू अवलम्बन गर्न अति आवश्यक छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.