प्रभावित क्षेत्रमा प्रधानमन्त्रीसहित नेताहरूको लावालस्कर

भूकम्पपीडित भन्छन् : 'त्रिपाल पनि पाएका छैनौं'

भूकम्पपीडित भन्छन् : 'त्रिपाल पनि पाएका छैनौं'
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

त्रिवेणी (रुकुम पश्चिम) : गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टरस्कुलको भूकम्प गयो । भूकम्पले जाजरकोट र रुकुमकापश्चिममा ठूलो मानवीयसँगै भौतिक संरचनामा क्षति पुर्‍याएको छ । 

भूकम्पबाट रुकुमपश्चिममा पनि ठूलै मानवीय क्षति भयो । हजारौं घरहरुमा पूर्णरुपमा क्षति पुग्यो । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१३ भल्माका ४१ वर्षीया हरिबहादुर ओलीको घर नि बस्नै नमिल्ने गरी भूकम्पले पूर्णरुपमा क्षति गर्‍यो । उनको घरमा क्षति गर्नुका साथै परिवारका चार सदस्य घाइते भएका छन् । घाइते हुनेमा हरिबहादुरसहित उनकी श्रीमती र दुई छोरा छन् ।

भूकम्पले भत्काएको घरमा आफूसहित पूरै परिवार पुरिएको हरिबहादुरले सुनाए। “मरिन्छ कि भन्ने लागेको थियो धन्न बाचियो । स्थानीयवासीले रातीनै उद्धार नगरेको भए मेरो सबै परिवार सकिने थियो । स्थानीयवासीले तत्काल पुरिएको घरबाट निकाले अनि बाँच्न सफल भइयो,'उनले भने।

उपचारका लागि चारैजनालाई नगर अस्पताल राडी पुर्‍याएको थियो । अस्पतालमा दुई दिनसम्मको उपचार गरेपछि डिस्चार्ज भएको ओलीले बताए । घर फर्किएपछि सरकारले दिएको राहतको नाममा एउटा त्रिपालबाहेक अन्य कुनै सामग्री नपाएको उनले गुनासो गरे।

'राहतको नाममा त्रिपाल आयो । एउटा घरमै त्रिपाल थियो । अहिले राहतको असमा त्रिपाल मुनी बसिरहेका छौँ । चिसो बढेकाले रात कटाउन निकै मुस्किल भइरहेको छ,'ओलीले भने, 'अन्य कुनै राहत सामग्री अहिलेसम्म पाएका छैनौँ । राहतको पर्खामै छौँ । पालिकामा धेरै सामग्री आएको छ भन्ने सुन्छु । हामीले त त्रिपाल बाहेक केही आएका छैनौँ ।' घर नजिकै पसल भएकाले उदारोमा चामल,दाल, तेल, नुन लिएर खाइरहेको उनले बताए।

'राहत वितरण गरेको तीन दिन भइसक्यो केही अत्तोपत्तो छैन । अहिले पनि भूकम्पको त्रास गरेको छ । शुक्रबार एक्कासि भूकम्प आयो केही थाहा भएन,' ओलीले भने, 'सुरुमा कसैले बम हानेको होकी जस्तो लाग्यो । पछि घर पुरिएर चेपिएपछि थाहा भयो,भूकम्प आएको रहेछ ।'

वडामै नौजनाको मृत्यु भएको हुँदा आफ्नो घर पूर्णरूपमा क्षति भए पनि परिवार बाँच्न सफल भएकोमा खुसी लागेको उनले सुनाए । वडा नं १३ मा मात्रै चार सय तीस घर पूर्णरुपमा क्षति भएका वडा कार्यालयले जनाएको छ । 

एक सय सत्र घर आंशिक क्षति भएको र ५५ घर सामान्य क्षति भएको वडा सचिव चक्रबहादुर डिसीले जानकारी दिए । उनका अनुसार पूर्णरुपमा क्षति भएका घरपरिवारका लागि त्रिपाल मात्रै आएको र अन्य खाद्यान्न सामग्री आइनसकेको उनले बताए।

'आंशिक क्षति भएकाले भने त्रिपालसमेत पाएका छैनन् । पालिकाबाट राहत सामग्री आएपछि वितरण गर्ने छौं,'डिसीले राससलाई भने । उनका अनुसार मृतकका परिवारले रू २५ हजार किरिया खर्चसहित खाद्यान्न सामग्री पाइसकेका छन् । 

राहत वितरणको काम भइरहे पनि सबै ठाउँमा राहत वितरण गर्न नसकिएको नगर प्रमुख रवि केसीले स्वीकार गरे । भूकम्पमा परी रुकुम पश्चिमका ५२ जनाको मृत्यु भएको छ भने भौतिक संरचना पनि ठूलो क्षति पुगेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड',राष्ट्रपति रामचन्द्र पौडेललगायत नेताहरू भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न जाजरकोट र रुकुम पश्चिम पुगेका छन्। तर भूकम्प गएको एक साता बित्दा पनि  पर्याप्त राहत पाउन नसकेको भूकम्पपीडितहरूले गुनासो गरेका छन्। उनीहरूले राहत नपाउँदा खुला आकाशमुनि बस्न बाध्य भएको दुखेसो पोखेका छन्।

गत शुक्रबार राती जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा  १५३ जनाले ज्यान गुमाएका छन्। हजारौं परिवार विस्थापित भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.