सरकारले स्टक एक्सचेन्जको नयाँ धन्दा सुरु गरेको छ : रवि लामिछाने

सरकारले स्टक एक्सचेन्जको नयाँ धन्दा सुरु गरेको छ : रवि लामिछाने
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले झुक्काएर स्टक एक्सचेन्जको नयाँ धन्दा सुरु गरेको बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा लामिछानेले नयाँ स्टक एक्सचेन्ज आवश्यक पर्ने भए पनि भएकालाई बेवास्ता गरेर गलत बाटोबाट स्टक एक्सचेन्जको नयाँ धन्दा सुरु गरेको आरोप लगाए।

उनले जनतालाई झुक्याउने काममा सरकार निरन्तर लागेकोसमेत बताए। लामिछानेले देशको मुहार उज्यालो पार्न आफूहरू आएको भन्दै कुनै पनि गलत काम गर्नेहरूप्रति कुनै सम्झौता नगर्ने स्पष्ट पारे। यसअघि बारुदबाट परिवर्तनको प्रयास भएको र अब रास्वपाले फूलको सुगन्धबाट मुलुकको परिवर्तन गर्ने उनको भनाइ छ। उनले नेपाल सम्वतलाई पार्टीको आन्तरिक माइन्युटमा लेख्ने प्रस्ताव आउने बैठकमा लिएर जाने घोषणा गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.