पूर्वी भूमध्यसागरमा अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना, पाँच सैनिकको मृत्यु

पूर्वी भूमध्यसागरमा अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना, पाँच सैनिकको मृत्यु
सुन्नुहोस्

पूर्वी भूमध्यसागरमा भएको हेलिकप्टर दुर्घटनामा पाँच सैनिकको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ। उक्त हेलिकप्टर नियमित प्रशिक्षण अभ्यासका क्रममा इन्धन भर्ने क्रममा दुर्घटनामा परेको थियो।

इजरायल र हमासबीच युद्ध सुरु भएदेखि नै अमेरिकाले यस क्षेत्रमा आफ्नो गतिविधि बढाएको छ।
 

सामाजिक सञ्जाल साइट 'एक्स' मा श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपति जो बाइडेनले लेखेका छन्, 'भूमध्यसागरमा प्रशिक्षण अभियानको क्रममा विमान दुर्घटनामा परी मृत्यु भएका पाँच अमेरिकी सैनिकको मृत्युप्रति जिल र म शोक व्यक्त गर्दछौं। हामी उनीहरूको परिवार र साथीहरूका लागि प्रार्थना गरिरहेका छौं जसले एक बहुमूल्य प्रियजन गुमाएका छन्। सिङ्गो देश उनीहरुको दुखमा सहभागी छ।'

सेनाको विज्ञप्तिमा हेलिकप्टर कहाँबाट उडेको वा कहाँ दुर्घटना भएको हो भन्ने उल्लेख गरिएको छैन। गत महिना, अमेरिकाले पूर्वी भूमध्यसागरमा धेरै साना जहाजसहित लडाकु विमान भूमध्यसागरमा तैनाथ गरेको थियो।

इजरायल र गाजाबीच युद्ध सुरु भएपछि छिमेकी राष्ट्रलाई यो युद्धमा संलग्न हुन नदिन विमान तैनाथ गरेको हो। प्यालेस्टाइनको तर्फबाट इरान र लेबनानको हिजबुल्लाह यस युद्धमा सामेल होस् भन्ने अमेरिका चाहँदैन। बीबीसी
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.