तिहारमा पाल्पामा झिनियाँ रोटीको व्यापार बढ्यो

तिहारमा पाल्पामा झिनियाँ रोटीको व्यापार बढ्यो
सुन्नुहोस्

तानसेन : तिहार आगमनसँगै पाल्पामा झिनियाँ रोटीको व्यापार फस्टाउँदै गएको छ। तानसेनका हरेक गल्ली गल्ली, पसल पसलमा राखिएका रंगी विरंगी झिनियाँ रोटी सबैको मन लोभ्याउने गरेको छ। 

तिहारको आगमनसँगै पाल्पामा झिनियाँ रोटीको व्यापार बढेको छ। तिहारमा रोटीको परिकारलाई शोभायमान बनाउन झिनियाँ रोटी मिसाउने प्रचलन बढेको हो।  तिहारको आगमनसँगै तानसेन, रामपुर लगायत नेवारी बस्तीमा झिनियाँ रोटीले ढाकेको छ। 

पाल्पाका बजारमा झिनियाँ रोटी खरिद बिक्री गर्नेहरूको  भीडभाड बढेको छ। तानसेनमा तिजपछि झिनियाँ रोटीको मुख्य सिजन हो। तानसेन टक्सारका अधिका घरपरिवारको आय स्रोत झिनियाँ रोटी भएको छ।  झिनियाँ रोटी बनाउन सके हुन्छ बजारको कुनै समस्या छैन घर घरबाटै बिक्री हुदै आएको भिनिया रोटी उद्योगी तानसेन टक्सारकी निरमाया श्रेष्ठले बताइन्। 

पाल्पाको तानसेन, रामपुर, हार्थोक, ताहुँ, सराई लगायतका अधिकाश नेवारी बस्तीमा झिनियाँ रोटी बनाउने ससाना घरेलु उद्योगहरू नै सञ्चालनमा रहेका छन्। विविध प्रकारका रोटीको परिकार खाने पर्वका रूपमा मनाइने तिहारमा घर घरमा झिनियाँ  रोटी नपाके परिकार नै अपुरो हुन थालेको छ। 

नेवारी समुदायमा मात्र बढि चलन चल्तीमा रहेको झिनियाँ टोटी आजकल अन्य समुदायमा पनि लोकप्रिय बन्दै गएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.