पूजाका लागि छटघाट बनाइँदै

पूजाका लागि छटघाट बनाइँदै
गौशाला नगरपालिकाले निःशुल्क रुपमा उपलब्ध गराएको जेसिवीले रातीको समयमा छठघाट निर्माण गर्दै । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

महोत्तरी : छठको मुख्य पूजा गर्नका लागि गौशाला नगरपालिकाले घाट निर्माणका लागि तदारुकता देखाएको छ । गौशाला नगरपालिकाले दुईवटा जेसिभीलाई २४ औं घण्टा घाट निर्माणका लागि खटाएको छ ।

गौशालाका मेयर डा.दिपेन्द्र महतोको अनुसार यहाँका १२ वटै वडामा घाट निर्माणका लागि नगरपालिकाले २४ औं घण्टा निःशुल्क रुपमा जेसिवी उपलब्ध गराउँदै आएको छ । महापूजा छठका लागि यहाँका मुख्य जलाशयको रुपमा रहेको निगौल ठाकुर पोखरी, मरहा नदी, मल्हनियाँ पोखरी, वान्हटोल पोखरीलगायतका स्थानमा रहेको घाटलाई यसअघि नै मर्मत सम्भार गरिसकेको मेयर डा. महतोले जानकारी दिएका छन् ।

मटिहानी नगरपालिकामा पनि पूजास्थल (घाट)लाई बन्दोबस्तका लागि नगरपालिकाले पहल गर्दै आएको नगरप्रमुख हरिप्रसाद मण्डलले बताएका छन् । उनका अनुसार यहाँका हरेक घाटलाई आफूले निरीक्षण गर्दै आवश्यक बन्दोबस्त गर्दै आएको मेयर मण्डलले बताए।

चन्दा उठाएर घाट सजाइँदै

गौशालामा अधिकांश स्थानमा चन्दा उठाएर भएपनि छठपूजाका लागि घाट सजाइँदै आएको छ । पूजाको क्रममा सन्ध्या अर्धदेखि भोरका अध्र्य दिइने समयसम्म घाटमा नै बस्नुपर्ने भएकाले घाटलाई व्यवस्थित गर्नका लागि चन्दा उठाउँदै आएको गौशाला नगरपालिका १ का सिकेन्द्र साहले बताए । 

उनका अनुसार यहाँ ठाँउ अनुसार १ हजार रुपैयाँदेखि ६ सय रुपैयाँसम्म चन्दा उठाएर सामूहिक रुपमा घाट सजाउँदै आएको छ । रातीको समयमा ब्रतालुलाई घाटमा नै जाग्राम बस्नुपर्ने भएकाले रातीको समयमा टेन्ट, पण्डाल,बिजुली बत्तीको बन्दोबस्त लगायत मनोरञ्जनको व्यवस्थापनका लागि सो रकम खर्चिदै आएको साहले जानकारी दिए । छठको मुख्य पूजाको दिन (पूजास्थल) घाटलाई व्यवस्थित गर्नुको साथै रंगिविरंगी, झिलिमिली पारी आर्कषक बनाइने गरिन्छ।

आज छठको दोस्रो दिन ब्रतालुले नहाय खाय विधि गर्दैछन् । बिहीबार पहिलो दिन चोखा भएका ब्रतालु आज शुद्धि भइ नहाय खाय विधि गर्दैछन् । त्यस्तै पर्वको तेस्रो दिन भोली खरना,चोथौ दिन आइतबार साँझ सझिया अध्र्य र अन्तिम दिन भोरका अध्र्य दिएर छठपर्व समापन गरिनेछ।

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.