छठका लागि जनकपुरधाममा मात्रै ४ करोडको केरा आयात

छठका लागि जनकपुरधाममा मात्रै ४ करोडको केरा आयात
तस्बिर : गोविन्द महतो

जनकपुरधाम : छठ पर्वमा केरा नभई नहुने। नसक्नेले काइयो (हत्था) सक्नेले घरी नै चढाउँछन्। यति बेला यहाँका बजारहरू केराले भरिभराउ देखिन्छ। खरिद गर्ने उपभोक्ताको पनि लर्को देखिन्छ। तर मालभोग र चम्पा चिनी प्रजातिको केरा भने अत्यधिक महंगिएको उपभोक्ताको गुनासो छ। 

केरा उत्पादनको लागि तराई मधेस भूमि राम्रो मानिए नि चाडपर्वको समयमा बजारको माग पूरा गर्न भने भारतको भर पर्नुपरेको छ। केराको अत्यधिक माग हुने छठ पर्वमा धनुषामा यस वर्ष ४ करोड मूल्य बराबरको केरा आयात भएको जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए।

छठमा मुख्य अर्घका रूपमा केरा चढाउने भएका कारण माग उच्च भए पनि उत्पादन भने दिनानुदिन घट्दै गएपछि बाहिरबाट केरा मगाउनु परेको जनकपुरका फलफूल तथा तरकारी व्यवसायी समितिका पूर्व अध्यक्ष रुदल साहको भनाइ छ। 

उनका अनुसार आर्थिक वर्ष २०७३/०७४ झण्डै ६० लाख ०७४/०७५ मा ६० लाख बढीको केरा जनकपुर भित्रयाइएको थियो। सोही अनुपातमा हरेक वर्ष केरा ल्याइए पनि उत्पादनमा ह्रास हुँदा मूल्य आकासिएको बताए। उनले भने, ‘धनुषामा झण्डै डेढ सय देखि २ सय ट्रक केरा माग छ। जसमा जनकपुरधाममा मात्र ८० ट्रक केरा खपत हुन्छ।’

गोपाल केरा (सिंगापुरी) नेपालको सप्तरीस्थित भारदह तथा इनर्वाबाट आयात गरिए पनि मालभोग केरा भारतको चम्पारणबाट हरेक वर्ष मगाउने गरिएको फलफूल व्यवसायी रवीन्द्र साहले जानकारी दिए। 

उनका अनुसार हरेक वर्ष छठ पर्व मलेमासका कारण १५ दिन पर सर्ने तर केराको उत्पादन अगावै भएका कारण महंगिएको बताए। छठ पर्व यस वर्ष गत वर्षको तुलनामा यस झण्डै २५ प्रतिशतले महँगो भएको व्यवसायीहरू बताउँछन्।

‘१० चक्के एक ट्रकमा १२ सय घौर केरा आउछ, यसरी प्रत्येक केराको घौरलाई ७ देखि १ हजार आसपासको मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता छ, नभए हामीलाई घाटा हुन्छ’ व्यवसायी साहले भारतमै केरा महंगो र ट्रक मार्फत् आयात गर्दा ४० प्रतिशत जतिनाश हुने, यातायात भाडा लगायत सबै कुरा जोड्दा यहाँ आउँदा महंगिने फलफूल तथा तरकारी व्यवसायी संघका निवर्तमान महासचिव साहले बताए। उनले भने,‘नेपाल सरकारले विषादी जाँचको नीति भएपनि विषादी जाँचको नभएका कारण अत्यधिक फलफूल कुहिने भएर थप महंगिन्छ।’

जनकपुरको छठलाई लक्षित गरी लगाइएको केरा मण्डिमा केरा किन्न पुगेका जनकपुरधाम ४ संजय झाले भने, ‘पोहोर साल एक केराको घरीको ५ सय तिर्नुपरेको थियो, तर यस वर्ष ८ सय सम्म किन्नुपरेको छ।’

नेपालमा मालभोग, झापाली मालभोग, विलियम हाइब्रिड रोवस्टा, विलियम हाइब्रिड लगायतजातका केरा खेती उत्पादन गरिन्छ। सम्भावना हुँदा हुँदै पनि प्राविधिक समस्याले गर्दा कृषकले उत्पादन बढाउन नसकेको महोत्तरीका किसान काशी महतो बताउँछन्।

nullnullnullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.